एनसेलमाथि देशब्यापी आक्रमण

२०७३ जेष्ठ ३१ गते, सोमबार

काठमाडौं, ३१ जेठ । गृहमन्त्री शक्ति बस्नेतले एनसेलमाथि आक्रमण गर्ने जाे काेहीलार्इ कारबाही गर्ने धम्की दिर्इ रहँदा नेकपा माअाेवादीका कार्यकर्ताले गएराति काठमाडौंको जहर सिंह पाैवा र बाैद्धमा रहेकाे एनसेलको टावर ध्वस्त पारेका छन । अाक्रमणबाट टावर पूर्णत क्षति भएकाे बताइएकाे छ । साे अाक्रमणमा स्थानीयहरूकाे समेत सहभागिता रहेको बताइएकाे छ । एनसेलले ३९ अर्ब रकम राज्यलार्इ तिर्नु पर्ने बाँहेक सर्वसाधारणलार्इ सस्ताे र सुलभ सुविधा दिने नाममा लुट मच्चाएकाे भन्दै माअाेवादीले देशैभरी एनसेलमाथि अाक्रमण गरिरहेकाे छ ।
यसैगरी, गएराती चितवनमा पनि एनसेलको टावरमा आगजनी भएको छ । भरतपुर उपमहानगरपालिका–६ लंकुमा रहेको एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]