धनकुटामा माओवादीमा प्रवेश गर्नेको ओइरो

काठमाडौ, २ असार । नेकपा माओवादी केन्द्र र संघिय समाजबादी पार्टीवाट तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन ।
धनकुटाको छिन्ताङ्ग र आखिसल्ला गाबिसबाट उक्त सख्याका नेता तथा कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका हुन । माओवादीमा प्रवेश गर्नेहरुमा जनमुक्ति सेनाका भिसी नबिन राई , छबिलाल राई, टेकबहादुर माझि , बलबहादुर राईलगायत तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता रहेका छन । उनीहरुलाई नेकपा माओवादी धनकुटाका सेक्रेटरी आकाश शर्माले अबिर लगाई पार्टी प्रवेश गराएका हुन् । कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी आकाश शर्माले माओवादीले मात्र देश र जनताको मुक्ति गर्न सक्ने भएकोले एकीकृत जनक्रान्तिको कार्य दिशामा सबै प्रगतिसिल , बामपन्थी र देशभक्त हरु एकजुट भएर अघि बढ्नुको बिकल्प नभएको बताएका थिए ।