आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु

२०७३ असार ६ गते, सोमबार

काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा एउटा मिनीबसमा भएको आत्मघाती आक्रमणमा दर्जनौ नेपाली मारिएका छन् । नेपाली सुरक्षा गार्ड सवार मिनी बसमा आत्मघाती बम विष्फोट गराइएको बताएको छ । घटना लगत्तै घटनास्थलमा घाइतेको उद्दारका लागि एम्बुलेन्स पुगेको बताइएको छ। घटनामा १४ जना मारिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। विष्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुराइएको छ। प्रहरीका अनुसार घटनामा पैदल आएको फिदाइन रहेको बताइएको छ। आक्रमणकारीले पैदलै आएर मिनीबसमा आक्रमण गरेका थिए । गत महिना पनि काबुलमा न्याय मन्त्रालयका कर्मचारी सवार बसमाथि आत्मघाती आक्रमण भएको थियो । त्यस्तै जुनमा सेन्ट्रल सिटी गजनीको अदालतमा आक्रमण भएको थियो । यो दुवै आक्रमणको आक्रमणको जिम्मेवारी तालिवानले लिएको थियो । आजको आक्रमण पनि तालिवानले गरेको आशंका गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]