सेन्ट जेभिएर कलेजको मनपरी , मूल सडक मै पार्किङ्ग

काठमाडौँ, ६ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्बजनिक गरे लगतै कलेजहरुमा कक्षा ११ का लागि विद्यार्थी भर्ना हुन् भिड लागि रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ । परिषद्को यो निर्णय पछि कक्षा ११ का लागि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको सेन्ट जेभिएर कलेजले भने माइतिघर अगाडिको मूल सडकलाई नै पार्किङ्ग स्थल बनाएको छ । माइतिघरवाट सेन्ट जेभिएर कलेजको गेट हुदै बबरमह थापाथली जाने सवारीहरुलाई सेन्ट जेभिएर कलेज लोगो अंकित ज्याकेट लगाएका व्यक्तिहरुले ट्राफिक प्रहरीको सैलीमा सोधपुछ गरेर मात्र अगाढी जान दिएको प्रत्यक्ष रुपमा भेटिएको छ भने सेन्ट जेभिएर कलेजमा भर्ना प्रक्रिया बुझ्न पुगेका व्यक्तिहरुको सवारी मूल सडक मै पार्किङ्ग को व्यवस्था मिलाएको छ । मूल सडक को छेउ छाउमा पार्किङ्ग गरे कडा जरीवाना तिराउने र मोटर साइकल नै उठाउने ट्राफिक प्रहरीले भने उक्त घटना देखेको नदेखेकै गरेको छ ।