एनसेलमाथी दोस्रो चरणको कारवाही गर्ने चेतावनी

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । नेकपा माओबादीका लुम्बिनी अञ्चल ब्युरो प्रमुख चन्द्रबहादुर चन्द विरजंगले एनसेल कारवाही प्रकरणमा पक्राउ परेका आफ्ना कार्यकर्ता तुरुन्त रिहा नगरे दोस्रो चरणको कारवाही थाल्ने चेतावनी दिएका छन । आज अवध राज्य अन्तगरगत कपिलवस्तु जिल्लाका ३ नगरपालीका र ५ गाविसका जनपरिषद सदस्यहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा कपिलवस्तुको गोरुसिंगेमा प्रमुख अतिथीको आशनबाट बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । नेता चन्दले एकिकृत जनक्रान्तिको कार्यदिशा प्रति नेपाली जनता आकर्षित भएको र विश्व समुदायले पनी निकै नजिकबाट नियालीरहेकाले कार्यकर्ताहरुलाई तयार रहन आग्रह समेत गरे । उनले नेपालको ७५ वटै जिल्लामा जनसरकार सक्रिय हुने क्रम रहेकाले कपिलवस्तु जिल्लाको सवै तहसम्म जनपरिषद गठन गर्न निर्देशन दिए ।
कपिलवस्तुका झण्डै २५० जनपरिषद सदस्यहरु उपस्थित कार्यक्रममा जनपरिषद केन्द्रिय सदस्य संघप्रसाद थारु र जिल्ला सेक्रेटरी संगम पुनले पनि प्रशिक्षण दिएका थिए । जिल्ला पार्टी कार्यालय सदस्य कमल के.सी र क्रान्तिकारी पत्रकार संगठनका कपिलवस्तु अध्यक्ष अर्जुन बेल्वासेको कार्यक्रममा विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा जनपरिषद कपिलवस्तुका प्रमुख सम्भु थारुले जिल्लामा जनपरिषदको बस्तुस्थितीको बारेमा जानकारी गराएको नेकपा माओबादी कपिलवस्तु ले जनाएको छ । – सोनु कुमार सुनार

प्रतिक्रियाहरु

[anycomment]