रोकायका बिषयमा सार्वजनिक सुनुवाइ गर्न माओवादीको चुनौती

काठमाडौं, १८ असार । नेकपा माओवादीका केन्द्रिय सदस्य भारत बमले कर्णाली रोजगार कार्यालयका प्राविधिक जनक रोकायका बिषयमा सार्वजनिक सुनुवाइ गर्न प्रहरी प्रशासनलाई चुनौती दिएका छन । माओवादी कालीकोटका कार्यकर्ताले कर्णाली रोजगार कार्यालयका प्राविधिक जनक रोकायाले विगत लामो समयदेखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको,योजनाहरुमा डुव्लिकेशनका साथै गुणस्तरहिन गरेको जनताहरुलाई विकास निर्माणका काम स्टमेट अनुसार नभएको भन्दै दुःखदिने गरेको भन्दै कालीकोटको सदरमुकामस्थित मान्मको विच बजारमा कालोमोसो दलेका थिए । प्राविधिक रोकायाई जनकारबाही भएपछी माओवादी कर्णाली ब्यूरो सदस्य कर्णबहादुर भण्डारीलाई प्रहरीले गिरफ्तार गरि याताना दिएको र गाउँमा व्यापक प्रहरी परिचालन गरि घरमा छापा मार्ने र आतंक मच्चाउने काम भैरहेकोमा आक्रोश जनाउदै केन्द्रिय सदस्य बमले फेसबुक मार्फत यस्तो अभिव्यक्ति सार्बजनिक गरेका हुन् ।
आज बिहान उनले फेसबुक मार्फत कर्णाली रोजगार कार्यालयका प्राविधिक जनक रोकायका बिषयमा सार्वजनिक सुनुवाइ गर्न दिएको चुनौती जस्ताको त्यस्तै : “कालिकोटमा एक जना ईन्जिनियरलाई भ्रस्टाचारको आरोपमा जनकारबाही भएपछी पार्टीको कर्णाली ब्यूरो सदस्य तथा स्थापित नेता कर्ण बहादुर भण्डारीलाई गिरफ्तार गरि याताना दिएर राखेको र गाउँमा व्यापक प्रहरी परिचालन गरि घरमा छापा मार्ने र आतंक मच्चाउने काम भैरहेको छ । यस्ले के संकेत गर्छ ?
1) गिरफ्तार भण्डारीलाई तुरुन्तै रिहा गर्नुपर्छ तर गरिएको छैन ।
2) cdo/ dsp सग कुरा गर्दा रेस्पोन्स गरेको छैनन उनिहरु आफ्नो काममा कस्सिएर लागेको छन वा लगाइएको छ ।
3) कालिकोटका नेतालाई केही भन्ने लागेको छ ।
4) तिमिहरु जो राज्यसँग छौ दमनको बाटोमा नजाउ त्यस्ले झन प्रतिरोध जन्माउछ । बिचारलाई बन्दुकले निशेध गर्ने मुर्खता नगर,क्रान्ति रोक्ने दुस्साहस नगर जो तिम्रो काबुको कुरा हैन ।
4) बरु सक्छौ भने गाउँमा परिचालित प्रहरी फिर्ता गर, गिरफ्तार नेता छुट्टाउ र जनक रोकायले काम गरेको बर्शदेखिका कर्णाली रोजगारका जिल्लाभरका समितिका मानिस बोलाउ सगै 2/4 सय जनता बोलाउ, नेता,हाकिम सबैले भाग लेउ र एक सार्वजनिक सुनुवाइ गर हामी त्यस्मा उपस्तिथि भै सामाना गर्न तयार छौ । भ्रस्टाचार साबित भए उस्लाई कारवाही गर नभए हामीलाई गर । सत्यलाई सबैले सत्य र झुठोलाई सबैले झुठो भन्ने हिक्मत गर । तिमीहरू नडराउ बिगत जे भएपनी अब गल्ती नगर र सतर्क हौ ।
5) तर तिमीहरू यसो गर्ने छैनौ राजनीति गर्दैछौ, आफ्नो मान्छेको रक्षा गर्दैछौ, अझ त जनयुद्धको मुद्दा ब्युताउने पो भन्दैछौ, मुसो दल्नेलाई त रेड गरेको पो बुझेछौ,क्रान्ति शुरु गरेको बुझेछौ, केही छैन, नेपालमा लडाइँ अनिवार्य छ त्यही होला हिसाब ।
6) कम्तीमा भ्रष्टाचार बिरोधि अभियानमा त एक हुने प्रयास गर नत्र तिम्रा बिकास,समृद्धि र शान्तिका कुरा जनता झुक्याउने र दैनिक भत्ता चिउरा मासुसम्मैका कुरा हुनेछन ।”