माओवादीद्वारा भक्तपुरमा जग्गा कब्जा

२०७३ असार २० गते, सोमबार

काठमाडौ, २० असार । नेकपा माओवादीसम्बद्ध अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले भक्तपुर चाँगुनारायण नगरपालिका– १३, दुवाकोटको १ सय ५० रोपनी जग्गा कब्जामा लिएको छ । अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले
जग्गा व्यापारी कालु गुरुङले सार्वजनिक सम्पत्तिका रूपमा रहेको प्राकृतिप्रदत्त खहरेखोला क्षेत्र वरपरको सार्वजनिक जग्गा हडप्दै स्थानीयवासीलाई गम्भीर असर पुग्नेगरी मालपोत कार्यालयबाट अवैध रुपमा आफ्नो कम्पनीको नाममा पास गराएर प्लटिङ गरी बिक्रीको तयारी गरिहेको पार्टीको झन्डा गाडेर कब्जामा लिएको हो । अखिल नेपाल किसान संघ क्रान्तिकारीका भक्तपुर अध्यक्ष आमुक क्षेत्रीको नेतृत्वमा स्थानीय किसानसहितको टोलीले सो जग्गा कब्जा गरेको हो ।
किसान संघ क्रान्तिकारीले प्राकृतिक खहरे खोला मासेर प्लानिङ गरिएको, खेतीयोग्य जमिन नष्ट हुनेगरी प्लानिङ गरिएको, सयौं किसानलाई सुकुम्बासी बनाएको, प्लानिङले अन्य किसानहरुको निजी खेतीयोग्य जमिनमा नोक्सानी पुर्याएको र पर्ती जग्गा मिची प्लानिङ गरिएको लगायतका आरोपहरु लगाएको छ ।
यस सम्बन्धमा किसान संघले प्रेस विज्ञिप्त जारी गर्दै कब्जा गरिएको जमिन फर्काउने र सोही जग्गामा फेरि प्लटिङ सञ्चालन गर्ने प्रयास नगर्न तथा सो जग्गा खरिदबिक्री नगर्न चेतावनी दिँदै यदि त्यसो गरिए ‘जग्गादलाल र तिनका आसेपासेमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]