सुकुम्बासी वस्तीमा प्रहरी आक्रमण

काठमाडौँ, २१ असार । सर्लाहीको मूर्तियामा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ । झडपमा ८ प्रहरीसहित ७ जना सुकुम्बासी घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सुकुम्बासीको जग्गामा लगाएको मकै प्रहरीले फाँड्न थालेपछि झडप भएको हो । सो क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।प्रहरीले करिब ८ हजार परिवार सुकुम्बासीको बिल्लीबाठ पार्न खोजेपछि झडप भएको बताइएको छ ।