अखिल क्रान्तिकारीको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाण्डौ , ३० साउन । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि ६ जना बिद्यार्थी नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीले २ दिने शैक्षिक हड्तालको पुर्वसन्ध्यामा आज देशभर प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा ताप्लेजुङबाट जिल्ला अध्यक्ष गणेश कार्की सहित ६ जना पक्राउ परेका छन् । शान्तिपुर्ण प्रदर्शनका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको केन्द्रीय अध्यक्ष पूर्ण सिंहले बताए ।
शैक्षिक क्षेत्रमा व्यापारीकरण, माफियाकरण र दालालीकरण बढ्दै गएको भन्दै क्रान्तिकारीले साउन भोली र पर्सि दुई दिन शैक्षिक संस्था बन्दको घोषणा गरेको छ । संगठनले शैक्षिक क्षेत्र सुधाकार लागि भन्दै बृद्धि गरिएको चर्को शुल्क खारेज , अबैद्य ढङगले बिद्यार्थीबाट उठाईएको शुल्क फिर्ता , सिविएसईका शिक्षण संस्थालाई आर्थिक चलखेलका आधारमा दिएको स्वीकृती खारेज लगायतका १७ बुँदे माग अघि सारेको छ ।