बन्द अबज्ञा गर्ने कलेजमा तोडफोड

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौँ, ३१ साउन । अखिल क्रान्तिकारीले बन्दको अबज्ञा गर्दै कक्षा र प्रशासन सन्चालन गर्ने तीनवटा कलेजमा तोडफोड गरेको छ । प्राप्त जानकारी अनुसार काठमाडाैँ मोडेल नर्सिङ कलेज स्वयम्भु , स्कुल अफ मेडिकल साइन्स कलेज बस्थाली र संकरापुर एकेडेमी जोरपाटीमाथि तोडफोड भएको छ ।
ति कलेजहरुले बन्दको अबज्ञा गर्दै कक्षा र प्रशासन सञ्चालन गरेकाले अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् । काठमाडाैँ मोडेल नर्सिङ कलेज स्वयम्भुमा डा. भारत प्रधान , स्कुल अफ मेडिकल साइन्स कलेज बस्थालीमा सिटिभीटीका उपाध्यक्षका भाई कुलबहादुर बस्नेत र संकरापुर एकेडेमी जोरपाटीमा नयाशाक्तिका केद्रीय सदस्य कुशल थापा संचालक रहेको बुझिएको छ ।
काठमाडौँ मोडेल कलेजले पूर्वाअञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम संचालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभीटीेका कार्यक्रम सञ्चालन गरिरहेको छ । तोडफोडवाट कलेजका कम्प्युटर, फर्निचर, झ्यालका सिसा पूर्णरुपमा क्षति भएका छन् भने बन्दकर्ताहरुले ति कलेजहरुवाट महत्वपुर्ण कागजातहरु समेत जफत गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]