नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठक सम्पन्न

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले संगठनलाई सुद्रिढ एकताबद्ध बनाएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका छन । यसैगरी बैठकले रास्ट्रघात र राजनीतिक प्रतिगमन बिरुद्द र जनजीविकाको बिषयलाई लिएर देशव्यापी संघर्ष चलाउने निर्णय लिएको बताइएको छ । बैठकले निकट भविस्यमै पार्टीको आठौ महाधिबेशन गर्ने र जनयुद्धको बैधता र आधिकारिकता ग्रहण गर्दै जनयुद्धका बाकि कार्यभार पुरा गर्ने लक्ष्य सहित पार्टीको नाम नेकपा (माओवादी) राखेको प्रवक्ता प्रकाण्डले बताए ।

प्रतिक्रियाहरु

[anycomment]