साल्ट ट्रेडिङका भ्रष्टहरु शक्तिकेन्द्र गुहार्दै

२०७३ भाद्र १९ गते, आईतवार

काठमाडौं, १९ भदौ । विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा साल्ट्र ट्रेडिङ कं. लि. मा भएका भ्रष्टाचारका विषयहरु प्रकाशन हुन थालेपछि उनीहरु अत्तालिन थालेको पाइएको छ । साल्ट ट्रेडिङ कं. लि. मा सामान्य मसलन्द, ग्यास, नुन, तेल, मैदा, चिनीलगायत खाद्यान्न ढुवानी, प्याकेजिङ, सवारी साधन मर्मत, इन्धनलगायतका दर्जनौँ शीर्षकमा कम्पनीका अध्यक्ष, कार्यकारी निर्देशक र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झा मिली लाखौँ रुपैयाँ अनियमितता गर्दै आएको समाचारहरु प्रकाशन भएपछि उनीहरु अत्तालिन थालेका छन् । यसरी आपूmहरुले गरेको भ्रष्टाचारहरु छताछुल्ल हुन थालेपछि अध्यक्ष र कार्यकारी निर्देशक श्रेष्ठको निर्देशनमा डिभिजिनल म्यानेजर ब्रजेशकुमार झा विभिन्न शक्तिकेन्द्र धाउन थालेको स्रोतले बताएको छ । यसैगरी, म्यानेजर झा आपूm संलग्न भएको भ्रष्टाचार समाचार प्रकाशन गर्ने पत्रिका र अनलाइनहरुलाई समाचार प्रकाशन नगरिदिन दौडाहामा निस्किएको भेटिएको छ । म्यानेजर झा समाचार प्रकाशन गर्ने पत्रिकालाई लोभ देखाउने, विभिन्न शक्तिकेन्द्रमार्फत् दबाब दिने कार्यमा उत्रिएका छन् भने विभिन्न अनलाइनको कार्यालयमै पुगेर समाचार हटाइदिन अनुरोध गर्ने, नमानेमा लोभ देखाउने र नमान्ने सम्पादकलाई विभिन्न राजनीतिक शक्तिकेन्द्रमार्फत् दबाब दिन लगाउनेसम्मको कार्यमा उत्रिएको भेटिएको छ ।
यसैक्रममा यस पत्रिकामा साल्ट ट्रेडिङमा भएको भ्रष्टाचारको समाचार प्रकाशन भएपछि साल्ट ट्रेडिङ कं. लि. का कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ र म्यानेजर ब्रजेशकुमार झाले समाचार रोकिदिन विभिन्न व्यक्ति र शक्तिकेन्द्रमार्फत् दबाब दिन थालेका छन् । यसबाट पनि उनीहरु भ्रष्टाचारमा संलग्न भएको स्वतः पुष्टि हुन्छ । यदि साँच्चै साल्ट ट्रेडिङमा भ्रष्टाचार र अनियमितता भएको छैन र उनीहरु चोखो छन् भने हामीले उठाएका भ्रष्टाचारजन्य विषयमा भए गरेका यथार्थ विवरण सार्वजनिक गर्न केको आपत्ति ? आफ्नो कर्तुत लुकाउन विभिन्न व्यक्ति र शक्तिकेन्द्रमार्फत् दबाब दिने साल्ट ट्रेडिङका भ्रष्टहरु ‘चोरको खुट्टा काट भन्दा…’ आफैँ तर्सिनुले पनि उनीहरु भ्रष्टाचारी हुन् भन्ने स्वतः पुष्टि हुन्छ । यस विषयमा हाम्रो खोजतलास जारी रहेको छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]