माओवादीले खाद्य सम्प्रभुताको संघर्ष चर्काउने ( संघर्षको कार्यक्रमसहित )

काठमाडौं, २१ भदौ । नेकपा माओवादीले खाद्य सम्प्रभुताका लागि संघर्ष चर्काउने उद्घोष गरेको छ । उसले राजधानीमा पत्रकार सम्मेलन गरि खाद्यान्नमा हाल बजारमा कायम मुल्यमा ५० प्रतिशत कम गरी मुलुकभर एकै मुल्य निर्धारण गर्न माग गरेको छ । यस्तै पेट्रोलियम पदार्थमा पनि ५० प्रतिशत मुल्य घटाउन माग गरेको छ । माओवादीले कालो बजारिया र विचौलियाका कारण उपभोक्ताले चरम महंगी व्यहोर्नु परिरहेको भन्दै दैनिक उपभोग्य वस्तुमा अहिलेको मूल्यमा ५० प्रतिशत घटाउनुपर्ने माग अगाडि सारेको हो ।
सो संघर्षको कार्यक्रमको बारेमा पार्टी प्रवक्ता प्रकाण्डले बिचौलियालाई लखेट्ने हो भने सर्वसाधारणले ३० रुपैयाँमा गुणस्तर चामल प्राप्त गर्न सक्छन् । तर राज्यसत्तामा बस्ने दलालहरुका कारण उपभोक्ता सामान्य चामललाई समेत ८० रुपैयाँ तिर्न बाध्य भएको प्रवक्ता प्रकाण्डको ठोकुवा थियो ।
किसानसँग भएको धान बोटबाटै व्यापारीले प्रतिक्वीन्टल बाह्रदेखि पन्ध्र सयमा खरिद गरेर भारतको बाटो हुँदै युरोपियन मुलुकमा बिक्री गर्दै आइरहेका छन् । नेपालका राजधानी, शहर र ग्रामीण क्षेत्रमा पु¥याउने गुणस्तरहीन चामल भने धेरै मात्रामा भारतबाट खरिद गर्दै आइरहेको एक तथ्यांकले देखाएको छ ।
सरकारले चाहेमा उल्लेखित मूल्यमा पनि जनतालाई पचास प्रतिशत सहुलियत दिन सकिने प्रवक्ता प्रकाण्डले बताए । साथै नेपाली किसानको धान विदेश बिक्री गर्न रोकेर जनतालाई सस्तो मूल्यमा गुणस्तर चामल वितरण गर्न माग गर्दै जनतालाई धान उत्पादनमा राज्यले लगानी गर्नुपर्ने बताए ।
सरकारले दशैंअगावै खाद्य तथा इन्धन मूल्य तोक्ने आलटाल गरे उपभोक्ताका साथ लिएर कडा संघर्षको नेतृत्व पार्टीले गर्ने बताएका छन् । यसो गर्दा जनतालाई तत्काल राहत पुग्ने र खाद्य सम्प्रभुता कायम भई देशलाई आत्मनिर्भरको बाटो लैजान सकिने प्रकाण्डले ठोकुवा गरे ।
दशैंतिहार चाड नजिकिँदै गरेको अवस्थामा पार्टीले जनताको हितमा संघर्ष गर्न लागिएको भन्दै लुकाएर राखिएको चामल, दाल, तरकारी, ग्यास गोदाम खोल्न अभियानमा सहभागी हुन उपभोक्तालाई आह्वान गर्दै मिति सकिएका उपभोग्य वस्तु नष्ट गर्ने बताए ।
साथै प्रवक्ता प्रकाण्डले भदौ २० गतेबाट कार्तिक २८ गतेसम्म गरी सत्तरी दिने संघर्षका कार्यक्रम समेत सार्वजनिक गरे । यो अवधिको संघर्ष मुलतः राष्ट्रिय स्वाधीनता र खाद्य सम्प्रभुताका लागि उनले बताए ।
पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको प्रेस विज्ञाप्तिको पूर्ण बिबर यस परका रहेको छ – “हाम्रो गौरवबशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माआवादी) को ऐतिहासिक महत्व राख्ने केन्द्रीय समितिको एघारौं पूर्ण बैठक यही भाद्र ११ देखि १४ सम्म संचालन भएर सम्पन्न भयो । केन्द्रीय समितिले लिएका राजनैतिक, सांगठनिक र संघर्षका निर्णयहरु जानकारी दिन यो पे्रस विज्ञप्ती सार्वजनिक गरिएको छ ।
१) राजनैतिक निर्णय
भरखरै नेकपा माओवादी र कम्युनिष्ट न्युक्लिएस नेपाल विच एकता तथा माके र क्रान्तिकारी माओवादीबाट विद्रोह गर्नुभएका कमरेडहरु सहितको धु्रविकरण र एकीकरणले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थपेको निस्कर्ष निकालियो । साथै प्रतिक्रियावादी संसदीय व्यवस्थालाई अन्त्य गर्न र नेपाली क्रान्तिलाई पुरा गर्न अलगथलग रहेका क्रान्तिकारी पार्टी, नेता र कार्यकर्ताहरुलाई व्यापक रुपले उच्च सम्मानका साथ धु्रवीकृत तथा एकीकृत हुन आग्रह र अनुरोध गर्ने निर्णय लिइयो ।
संसदवादी दलालहरुले जनचाहना विपरित सत्ता कब्जा गरेर संसदीय व्यवस्था संचालन गर्ने मुर्खता गरिरहेको स्थितिमा त्यसको पूर्णरुपले अस्वीकार र प्रतिरोध गर्दै जनयुद्धको बलमा संगठित जनसत्ताहरुलाई पुनर्गठन गर्ने प्रकृयालाई तीव्रता दिने निर्णय लिइएको छ । त्यसै गरी प्रतिक्रियावादी संसदीय सत्ताका विरुद्धको संघर्षमा सक्रिय सबै क्रान्तिकारी, देशभक्त, प्रगतिशिल, सच्चा लोकतन्त्रवादी शक्तिहरुसंग सयुक्त मोर्चा निमार्ण गर्ने निर्णय लिइएको छ । यसका साथै सहमति भएमा जनसत्ता संचालनमा समेत सहकार्य गर्न सवैमा अनुरोध गर्ने निर्णय लिइएकोछ ।
२) संगठन सम्वन्धि निर्णय
क्रान्तिकारी कम्युनिष्ट आन्दोलन विशेषतः माओवादी आन्दोलनको इतिहासको रक्षा र विकास गर्न, क्रान्तिकारी पार्टीहरु र नेताहरुको धु्रवीकरण र एकीकरणको भाव व्यक्त गर्नुका साथै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने सारलाई रुपमा अभिव्यक्त गर्न पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अर्थात कोष्ठ भित्र माओवादी राख्ने निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
विश्व राजनैतिक परिवेश एवं नेपाली राजनैतिक स्थितिको विशिष्टता र आवश्यकता माथि ध्यान दिदै पार्टीले आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । विश्व राजनैतिक परिघटनाहरु, विश्व कम्युनिष्ट आन्दोलनको स्थिति, नेपाली क्रान्तिको सवालसंग सम्वन्धित विचारधारात्मक, राजनैतिक, संगठनात्मक र संघर्ष सम्वन्धि विषयहरुको संश्लेषण अनिवार्य भएको निस्कर्ष सहित क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा वढदै गएको धु्रवीकरण, पार्टीको संस्थागत मान्यता स्थापना, नेतृत्वको विकास र क्रान्तिका भावि दिशाका सन्दर्भमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ । आठौं महाधिवेशन आउँदो फाल्गुण १ देखी ७ गते सम्म चल्नेछ । आठौं महाधिवेशनको उद्घाटन काठमाण्डौंको खुल्ला मंचमा भव्य जनसहभागिता सहित गरिनेछ भने वन्द सत्र आधारइलाकाको थवाङमा सम्पन्न गरिने छ । महाधिवेशन अगाडि मंसिर सम्म गाउँ, नगर भेला÷सम्मेलनहरु र पौष भित्र जिल्ला सम्मेलनहरु सम्पन्न गरिने छ ।
३) संघर्ष
पार्टीले संचालन गर्दै आएका भ्रष्टाचार (एनसेल, प्रशासन, नेता), राष्ट्रघाति संझौताहरु (अपर कर्णाली, अरुण तीन, कोशी उच्च बाँध, उपल्लो मस्र्याङ्दी), कालोबजारी, सुकुम्वासी माथिको राज्यको दमन, कपिलवस्तु लगाएत जिल्लाहरुमा लगाएका झुट्टा मुद्दा र दमन विरोधी संघर्षलाई निरन्तर संचालन गर्ने निर्णय लिइएको छ । साथै बजारमा वृद्धि भएको खप्नै नसक्ने महंगी विरुद्ध भाद्र तेस्रो साता देखि खाद्यमा जनताको मौलिक अधिकार (खाद्य संप्रभुता) सुनिश्चित गर्न क्रमवद्ध रुपले जनसंघर्ष संचालन गर्ने निर्णय लिइएको छ । राज्यबाट नागरिकले न्युनतम जीवन निर्वाहको लागि आधारभूत रुपले आवश्यक खाद्य वस्तु सुलभ मुल्यमा प्राप्त गर्नु मौलिक अधिकार हो । आज उपभोग बजार कालो बजारियाको कब्जामा परेर सामन्य जीवन निर्वाह गर्न पनि कठिन भएको छ । यो स्थितिमा राज्यले न्युन आए भएका जनता (मजदूर, किसान, विद्यार्थी, युवा, कर्णाली लगाएका दुर्गम क्षेत्रहरु) लाई विशेष सहुलियत (राज्यले आधा मुल्य तिरेर) दरमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्नु पर्दछ । राज्यले यो कार्य दशै अगाडि नै गरोस् अन्यथा संघर्षका विविध कार्यक्रम सहित कार्तिक २८ गते नेपाल वन्द गर्ने जानकारी गराउँद छौं । महंगीको अवस्था, मूल्यको स्थिति र जनताले पाउनु पर्ने सहुलियतको सूची तल प्रस्तुत गरिएको छ । हाम्रो संघर्षको सूची तल उल्लेख गरिएको छ ।
पार्टीले पछिल्ला दिनहरुमा असिमित प्रकारले शिक्षा, स्वास्थ्य क्षेत्रमा वढदै गएको व्यापारीकरणको विरुद्ध पनि क्रमवद्ध संघर्ष संचालन गर्ने निर्णय लिएको छ ।
४) आर्थिक निर्णय
गत वैशाख देखी संचालन गरिएको विशेष आर्थिक अभियान समापन गरिएको छ । पार्टीलाई गहन सुझाव सल्लाहसहित सहयोग दाताहरुबाट प्रसंशनिय सहयोग प्राप्त भयो । सहयोग दाताहरुलाई विशेष धन्यवाद ज्ञापन गरिन्छ भने सवै हिसाव पारदर्शी प्रकारले पार्टी केन्द्रमा सुरक्षित गरिएको जानकारी गराइन्छ । यदि कुनै संस्था र सहयोग दाताले हेर्न चाहेमा सहजै सहयोग तथ्याङ्क हेर्न सकिने व्यहोरा पनि अवगत गराउदछौं ।
आउदो असोज देखी पार्टी महाधिवेशनको तयारीमा जाने र महाधिवेशन श्रमिक जनता र कम्युनिष्ट पार्टीको पर्व भएकोले यसलाई सफल गर्न आवश्यक पर्ने आर्थिक, राजनैतिक, नैतिक सहयोग उपलव्ध गराई दिनु हुन पनि सवै नागरिक, महानुुभाव, संघ संस्था र व्यवसायीहरुलाई विशेष अनुरोध गर्दछौं ।
हाम्रो पाटी जनताका उपभोग्य वस्तुहरुको मुल्य निम्नानुसार हनुपर्दछ भन्ने जोडदार माग गर्दछः–
क) खाद्य वस्तुहरुमा
क्र.स. खाद्य पदार्थ हालको मुल्य हुनुपर्ने मुल्य
१ चामल, दाल, तेल, चिनि, पिठो देशव्यापी फरक फरक र चर्को रहेको ५०% घटाउनु पर्ने
२ तरकारी, फलफुल देशव्यापी फरक फरक र चर्को रहेको ५०% घटाउनु पर्ने
३ दुध, मासु देशव्यापी फरक फरक र चर्को रहेको ५०% घटाउनु पर्ने
४ मसला देशव्यापी फरक फरक र चर्को रहेको ५०% घटाउनु पर्ने
ख) पेट्रोलियम पदार्थहरुमा
विवरण पेट्रोल रु. (प्रति लि.) डिजेल रु. (प्रति लि.) मट्टितेल रु. (प्रति लि.) ीए ग्यास रु (प्रति सिलिण्डर) खालि सिलिण्डर (रु.)
क्रय मुल्य ४२.२३ ४३.१८ ४१.२३ ७१४.०२ १०००
ढुवानी खर्च २.१९ २.१९ २.१९ –
ह्रास खर्च ०.५ ०.५ ०.५ ०.५०
व्यापारीलाई नाफा ३.१५ २.३३ २.६० २३२.५ (ढुवानी पनि यसैमा) २००(ढुवानी र नाफा
हुनुपर्ने मुल्य ४८.५३ ४८.२ ४६.५२ ९४७.०२ १२००
अहिलेको मुल्य ९७ ७३ ७३ १३२५ २५००
घटाउनुपर्ने रकम ४८.४७ २४.८ २६.४८ ३७७.९८ १३००
संघर्षका कार्यक्रमहरु
१) २० भाद्र ०७३ – पत्रकार सम्मेलन र संघर्षका कार्यक्रमहरु घोषणा ।
२) २१ भाद्र – प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने ।
३) २३ भाद्र – देशव्यापी कोणसभा ।
४) २४ भाद्र – सवैतिर पर्चा वितरण ।
५) २६ भाद्र – देशव्यापी अन्तरक्रिया ।
६) २७ भाद्र – राष्ट्रियताको सवालमा जनप्रदर्शन ।
७) २८ भाद्र – देशव्यापी मसाल जुलुल ।
८) ३० भाद्र – जनसंघर्ष ।
९) २ असोज – सवै जिल्लाका ऋम्इ कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने ।
१०) ५ असोज – आपुर्ति मन्त्रालय घेराउ ।
११) १० असोज – देशव्यापी जनप्रर्दशन (उपभोक्ता मञ्च सहित) ।
१२) २५ कार्तिक – देशव्यापी १ घण्टा चक्काजाम (विहान ९ देखि १० बजे सम्म) ।
१३) २८ कार्तिक – नेपाल वन्द । ”