नयाँ शक्ति निकट संगठनद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र

२०७३ भाद्र २३ गते, बिहीबार

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समृद्ध महिला संगठन नेपालकी संयोजक कल्पना धमलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति नेपाल निकट समृद्ध महिला संगठन नेपालकी संयोजक धमलाको नेतृत्वमा बिभिन्न १६ वटा आंगिक संगठनका प्रतिनिधि मण्डलले भूकम्प पीडितलाई तत्काल पुनःस्थापना गर्नुपर्ने, महंगि नियन्त्रण गर्नुपर्ने, बाढीपीडितलाई तत्काल राहत उपलव्ध गराउनु पर्ने लगायतका माग राखि ज्ञापन पत्र बुझाएको हो ।
त्यसैगरी नयाँ संविधानले प्रदत गरेका मौलिक हकहरु शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुतालगायतका मानव जीवनका दैनिक सरोकार र सुक्षाका विषयहरुमा सरकारले गम्भीर ध्यान दिनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले यी जायज मागहरु भएकाले सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउँदै यो पत्र आफुले आजै प्रधानमन्त्रीलाई दिने बताए । प्रधानमन्त्री बिहानै अर्को कार्यक्रममा जानुपर्ने भएकाले प्रतिनिधि मण्डलले खनालमार्फत उक्त पत्र बुझाएको हो ।
समृद्ध महिला संगठनकी संयोजक कल्पना धमलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा नयाँ शक्ति नेपालका आंगिक संगठन प्रमुख कुमार पौडेलसहित दलित शक्ति नेपाल, समाजवादी ट्रेड युनियन महासंघ, राष्ट्रिय उद्योग वाणिज्य महासंघ, नयाँ शक्ति विद्यार्थी युनियन, प्रेस सोसाइटी नेपाल, समृद्धि साँस्कृतिक संघ नेपाल, राष्ट्रिय पूर्वसुरक्षाकर्मीसंघ नेपाल, सहिद, बेपत्ता, घाइते अपांग संरक्षण मञ्च नेपालका प्रतिनिधि रहेका छन् ।
त्यसैगरी अन्य संगठनहरुमा अपांगता सरोकार समाज नेपाल, नेपाल सुकुम्बासी व्यवस्था संघ, नेपाल प्रगतिशिल कानुन व्यवसायी एसोशिएसन, राष्ट्रिय निर्माण व्यवसायी मञ्च नेपाल, समाजवादी किसान महासंघ नेपाल, लेखा व्यवसायी मञ्च, राष्ट्रिय युवा अभियानका प्रतिनिधिहरु रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]