मसाल जुलुसमा प्रहरी हस्क्षेप

२०७३ भाद्र २९ गते, बुधबार

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी) ले खाद्य सम्प्रभुतासहित कालोबजारिया, बिचौलिया, कमिशनखोर, भ्रष्टचार तथा तस्करीविरुद्ध गर्दै आएको संघर्षको कार्यक्रम अन्तर्गत आज उपत्यका लगायत देशभर मसाल जुलुस निकालेको छ । माओवादीले आज उपत्यकाका काठमाण्डौ, भक्तपुर, ललितपुर तीनै जिल्लाका बिभिन्न स्थानमा मसाल जुलुस सहित कोणसभा गरेको थियो ।
यसैविच पोखरमा मसाल जुलुसपछि कोण सभाको क्रममा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा चार जना घाईते भएको अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डक ब्युरोले जनाएको छ ।
पोखराको अमरसिंह चोकमा कोणसभाका क्रममा भएको भडपमा अखिल नेपाल क्रान्तिकारी यातायत मजदुर संघका कास्कि जिल्ला अध्यक्ष सुरज कुमार गुरुङ, अखिल नेपाल निर्माण संघका उपाध्यक्ष रमेश कुमार श्र्रेष्ठ, सेक्युरेटि मजदुर संघका जिल्ला सदस्य लोकन्द्र थापा र युवाका ईलाका सदस्य अमृत सापकोटा घाईते भएको जनाईएको छ । उनीहरुको अहिले पोखराको पार्कल्याण्ड हस्पिटलमा उपचार भईरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]