प्रमुखको कार्यकक्षमा पोषाकमै मदिरा–भोज !

काठमाडौँ, ३० भदौ । कालिकोट–सरकारी कार्यालयको कार्यकक्षमै मदिरा–भोज भएको सुन्दा पत्यार नलाग्ला। तर यहाँको एक सरकारी कार्यालयको कार्यकक्षमा कर्मचारी बस्ने कुर्सी टेवलमै मदिरासहित मासुका परिकार पस्केर कर्मचारीले भव्य भोज गरेका छन् ।
महिला तथा बालबालिका कार्यालय कालिकोटमा दिउँसै मदिरा–भोज भएको हो । भोज गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन। मदिरा पार्टी भएको तस्बिर सहितको विवरण नागरिकन्युजलाई प्राप्त भएको छ, त्यो दिन थियो–जेठ ३ गते सोमबार। तर यस्ता भोज यहाँ नियमित हुने गरेको कर्मचारी बताउँछन्।
महिला विकास अधिकृत सीता थापा मगरको कार्यकक्षमा मदिरा–भोज भएको हो। थापासहितका कर्मचारी सरकारी पोषाकमै थिए। कार्यालय सहयोगीले मदिरा र मासुका परिकार बाँड्न व्यस्त थिए भने कर्मचारी गफिदै भोजमा मस्त थिए। ‘कार्यालयका सीप विकास तालिम, अन्तरक्रिया र गोष्ठीमा रकम बचाएर यस्ता पार्टी बेलाबेलामा हुनेगरेको छ।’ ती कर्मचारीले बताए। केही महिला कर्मचारीले रेडबुल खाएका थिए भने बाँकीले बियर, वाइन र हार्ड ड्रिंक्स लिएका थिए। अझ रोचक पक्ष त के भने कार्यालयको गेट र अधिकृतको कायकक्ष बन्द गरेर भोज चलेको थियो। कार्यालय बाहिर सेवाग्राही उपस्थित भएपनि कुनै वास्ता नगरिएको नाम उल्लेख नगर्न आग्रह गर्दै सोही कार्यालयका एक कर्मचारीले नागरिकन्युजलाई भोजबारे विवरण सुनाए ।
‘कार्यालयका सीप विकास तालिम, अन्तरक्रिया र गोष्ठीमा रकम बचाएर यस्ता पार्टी बेलाबेलामा हुनेगरेको छ।’ ती कर्मचारीले बताए । केही महिला कर्मचारीले रेडबुल खाएका थिए भने बाँकीले बियर, वाइन र हार्ड ड्रिंक्स लिएका थिए।
कार्यालयमा मदिरा पार्टी नियमित हुने गरेको कर्मचारी बताउँछन्। बजारको एक मदिरा पसलबाट कार्यालयमा नियमित मदिरा पुग्ने गरेको ती कर्मचारीले खुलाए। ‘अफिसकै गाडीमा मदिरा राखेर कार्यालय पु-याइन्छ,’ कर्मचारी भन्छन् ‘पहिले त अलि अचम्म लाग्थ्यो, तर अचेल सामान्य जस्तै लाग्न थाल्यो।’
कार्यलय प्रमुख थापाले कार्यालय भित्रै भोज भएको तर कार्यालय समयमा नभएको प्रतिकृया दिइन् । उनी भन्छिन् ‘मैले मदिरा खाएको पनि छैन र कार्यालय समयमा भोज गरिएको पनि हैन ।’-पबित्रकुमार शाही, नागरिक दैनिकवाट