माओवादीद्वारा काठ तस्करी र मदिरा बिक्रि तथा बितरणमा रोक

२०७३ आश्विन १७ गते, सोमबार

काठमाडौं, १७ असोज । नेकपा (माओवादी) जिल्ला जनपरीषद (जनसरकार) गुल्मीले जिल्लामा भैरहेको अबैध काठ तस्करी र अनियंत्रित मदिरा बिक्रि तथा बितरण रोक्न पहल थालेको छ । गुल्मीका जिल्ला जनपरिषद प्रमुख गोविन्द वि.क.ले बिज्ञप्ती मार्फत सो पहल थालेको जनाएका छन । यस बिषयमा गुल्मीका जिल्ला जनपरिषद प्रमुख गोविन्द वि.कले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण विवरण यस प्रकार रहेको छ – “हाम्रो नेपाल कम्युनिष्ट पार्टी (माओबादी)ले राष्ट्रियता, जनतन्त्र जनजिविकाको प्राप्तीका निम्ती संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ । यसैगरी अहिले गुल्मी जिल्लामा पनि हाम्रो भुमिकालाई आम जनता समक्ष पु¥याउन जिल्ला जनपरिषद गुल्मी जिल्लामा पनि पुर्नगठन गरी आम उत्पिडित जनताको प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा ध्यानकर्षित हुदै विभिन्न चरणका संघर्षहरु गर्दै आइरहेका छौ ।
यसै शिलशिलामा हाम्रो गुल्मी जिल्लामा अनियमित रुपमा बनपैदावार वस्तुहरु निकासी भईरहेकोमा हाम्रो गंभिर ध्यानाकर्षण भएको छ । आज सामुदायिक वनको नाममा काठ तस्करी माफिया र सम्बन्धित जिल्ला वन कार्यालयको मिलोमतोमा व्यापक काठ तस्करीमा लागेको कुरा जनसमक्षबाट प्रमाणित गुनासाहरु आएका छन । श्रमजिवी गरिव जनताहरुलाई घाँस दाउरा , गाइ, वाख्रालाई चरन क्षेत्रबाटै बन्चित गराएर ट्रक का ट्रक दिनहुँ जिल्ला बाहिर वैधानिक तस्करी गरीएको छ । यस हाम्रो पहाडी भू–भाग भु–क्षय, बाढी पहिरोले उच्च जोखिम वनी रहेको छ । खानेपानीका मुहानहरु सुक्दै गइरहेका छन् । हरियाली वस्तीहरु उजाड वन्दै गइरहेका छन् । वातावरणीय हिसावले पनि झन झन जटिल वन्दै गइरहेको परिप्रेक्ष्यमा जिल्ला वाहिर भइरहेको यस कथित वैधानिक तस्करीलाई पूर्णरुपमा प्रतिवन्ध गर्दछौं । आजकै मिति २०७३ असोज १६ गतेका दिन देखि जिल्ला वाहिर काठ लान पाउने छैनन् । यस कार्यमा संलग्न सम्पूर्ण व्यवसायीकहरुलार्ई काठ ओसार पसार नगर्न अनुरोध गर्दछौं ।
यसैगरी आज हाम्रो समाजमा मदिरा एउटा जटिल समस्या र विकराल वन्दै समाजका भावी नेतृत्वगर्ने युवा विद्यार्थीहरु मदिरा सेवनबाट लिप्त भइरहेका छन । लडाइ, झगडा,हत्या, हिंसा,वलत्कार जन्य गतिविधिहरु हाम्रो समाजमा अपराधिक दिनचर्या वनि रहेको छ । महिला र वालवालिकाहरु मदिराको कारण हिंसा र उत्पीडनको जिवन बाँच्न वाध्य वनी रहेका छन । मानिसको स्वास्थ्यमा ठुल–ठुला समस्या देखा परिरहेका छन । आर्थिक क्षेत्र झन धरायसी र कमजोर वन्दै समाज अत्यन्तै दुर्गन्धीत र असभ्य वनीरहेको छ । इमान्दार र सज्जन व्यक्तिहरुलाई हिडडुल गर्न पनि गाह्रो भएको छ । त्यसैले सकारात्मक कामको सुरुवात आफैवाट गरोैं भन्ने मान्यताका साथ र मिति २०७२ मंसिर २२ गते मंगलवार का दिन उद्योग वाणिज्य संघ गुल्मी तथा मदिरा व्यवसाय गुल्मी र ने.क.पा. (माओबादी ) तथा जिल्ला जनपरिषद गुल्मी विच भएको त्रिपक्षीय संझौता अनुसार मिति २०७३ असोज २० गते देखि ५० यु.पी.का कन्टेसा मदिरालाई पूर्णरुपमा प्रतिवन्ध गरिन्छ र गाउँ गाउँका पसलहरुमा लगेर छोडने डिलर वा मदिरा विक्रेताहरुका गाडीहरुलाई पनि मिति २०७३ असोज २५ गते देखि मदिरा बोकेर गाउँ गाउँमा नजान प्रतिवन्ध गरिन्छ । साथै अन्य सार्वजनिक गाडीहरुलाई पनि मदिरा वोक्न प्रतिवन्ध गरिन्छ ।
अन्त्यमा मदिरा ओसार पसार गर्ने गाडी र काठ तस्करहरु तथा सम्बन्धित निकायहरुलाई हाम्रो जनहितमा समर्पित यस विषयलाइ वेवास्ता र अटेर नगर्न अनुरोध गर्दछौं । यदी गरिएमा यस बाट उत्पन्न हुने परिणामको जवाफदेही यस कार्यमा संलग्न स्वयं आफै हुनु पर्नेछ ।”

प्रतिक्रियाहरु

[anycomment]