विप्लव बिजुक्छे आमनेसामने

२०७३ आश्विन १९ गते, बुधबार

काठमाडौँ, १८ असोज । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) बीच भक्तपुरमा भेटवार्ता भएको छ। महासचिव विप्लव मंगलबार आफ्ना नेतासहित भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवास पुगेका थिए । भेट आपसी चिनापर्ची र देशको वर्तमान राजनीतिक अवस्थाबारे समीक्षामा सीमित रहेको नेमकिपाका अध्यक्ष बिजुक्छेले बताए । उनले नेता विप्लवसँग मंगलबारमात्रै आफ्नो पहिलोपटक आमनेसामने भेट भएको जानकारी दिए । विप्लवसँग मेरो पहिलो फेस टु फेस भेटघाट भएकाले धेरै कुरा भएन । देशको वर्तमान अवस्थाबारे हाम्रो धारणा समान रह्यो ।’
अध्यक्ष बिजुक्छेका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले भारतसँगको २५ बुँदे सहमति जनाएर नेपाललाई भूटानको कोटीमा पु¥याएकोबारे दुई नेताबीच समान धारणा बनेको थियो ।
त्यस्तै नेकपा (माओवादी)का महासचिव विप्लवले नेमकिपाले व्यवस्थापिका–संसदमा निभाएको भूमिकाको प्रशंसा गरेका थिए । भेटमा नेमकिपाका अध्यक्ष बिजुक्छेसँगै पार्टी केन्द्रीय सचिव सुनिल प्रजापति र महासचिव विप्लवसँगै पार्टी प्रवक्ता प्रकाण्डलगायत सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]