डाक्टरलाई कालोमोसो !

काठमाडौ, २० असोज । नेकपा ( माओवादी ) कन्चन्पुरले महाकाली अञ्चल अस्पतालका डाक्टरलाई कालोमोसो दलेको छ । माओवादी कन्चनपुरले अञ्चल अस्पतालका डाक्टर सुर्य उपाध्यायलाई आज कालोमोसो दलेको हो । माओवादीले अञ्चल अस्पतालका डाक्टर सुर्य उपाध्यायलाई कालोमोसो दल्नुको निम्न कारण रहेको जनाएको छ –
१ अबैधानिक रुपमा नाता पर्ने लाई कर्मचारी नियुक्त गरेको ।
२ सेवाग्राहीबाट ८ देखी १० हजारसम्म लिएर अस्पतालभित्र उपचार गरेको ।
३ अस्पताल बाहिर मेडिकल खोली सेवाग्राही लाई आफ्नै मेडिकल मा औषधि किन्न बाध्य पारेको।
4 मान्छे नै नहेरी निरोगिताको प्रमाण पत्रमा सहिछाप गरेको ।