‘अबकाे क्रान्तिमा अाम जनताकाे सहभागीता हुने निश्चित ‘

काठमाडौँ, १३ कात्तिक । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अबकाे क्रान्तिमा अाम जनताकाे सहभागी हुने निश्चित भाएको ठोकुवा गरेका छन । पार्टीकाे नारायणी ब्यूराेकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै विप्लवले भने ‘एकीकृत जनक्रान्ति भनेकाे नेता र कार्यकर्ताले मात्र गरिने क्रान्ति होइन, आम जनताले गर्ने क्रान्ति हाे’ । गणतन्त्रले पनि लाखाैं युवाहरुलाई विदेश पलायन गराइरहेकाे भन्दै युवाहरुलाई स्वदेशमै पसिना बगाउने वातावरणकाे लागि पनि क्रान्ति गर्नु अनिवार्य भएकाे बताए । महासचिव विप्लवले आजसम्मका सबै राजनीतिक आन्दोलनमा नेपाली जनतालाई धोका मात्र भएको बताउँदै अाफ्नाे पार्टीले गद्दारीकाे इतिहासलाई मुक्ति र परिवर्तनमा परिणत गर्न चाहेको बताए ।