भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

काठमाडौं, १६ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिने बताए , साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ,’ उनले भने ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ ।