प्रणव मुखर्जीको भ्रमणका कारण सवारी अवरुद्ध

२०७३ कार्तिक १७ गते, बुधबार

काठमाडौं,१७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई सहज र व्यवस्थित बनाउन भ्रमण अवधिभर राजधानीका अधिकांश सडक पटक–पटक खाली गराइने भएको छ । ट्राफिक प्रहरीले बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शंखमूल, पुतलीसडक क्षेत्रमा सवारी चलाउन रोक लगाइएको जनाएको छ । यस्तै दिउँसो १ बजेदेखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जय नेपाल सिनेमाघर क्षेत्रमा गाडी चलाउन पाइने छैन ।
दिउँसो पौने २ बजेदेखि पौने ४ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक खाली गरिने छ ।
यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी चलाउन रोक लगाइने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]