संविधान संशोधन राजनीतिक समाधान होइन : विप्लव

काठमाडौँ, २० कात्तिक। नेकपा (माओवादी)का महासचिव विप्लवले अहिलेको संविधान संशोधन राजनीतिक समाधान नभएको बताएका छन् । ‘अहिले संविधान संशोधनको कुरा भइरेको छ, यो राजनीतिक समाधान होइन । यसले देशलाई विघठन गराउछ । त्यसैले जनताको संघर्षबाट नयाँ संविधान बनाउनुपर्छ’ विप्लवले भने ।
पार्टी निकट नेवाः राष्ट्रि मुक्ति मोर्चाले नेपाल सम्वतकाे अबसरमा आयोजना गरेको शुभकामना अादानप्रदान कार्यक्रममा बोल्दै उनले सो विचार ब्यक्त गरेका हुन् ।
महासचिव विप्लवले नेपालमा मोलमोलाईको राजनीतिक होइन अन्तिम फैसलाको राजनीति गर्नु पर्ने बताउँदै आफ्नो पार्टीले त्यो गर्ने बताए । हिजो मात्र नेपालको राजकीय भ्रमण सकेर फिर्ता भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कुटनीतिक नभएर विशेष सम्बन्धका नाममा हस्तक्षेप गर्ने दृष्टिकोण अगाडि सारेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामले इतिहासमा गरेको गल्तीको दोष आफूहरुलाई पनि आएको बताउँदै ‘चोरको छोरा पनि चोर हुँदैन, चोरको छोरा त भन्छन् तर उ इमान्दार पनि हुनसक्छ’ विप्लवले भने । – जन्मदेव जैशी