२८ गतेको नेपाल बन्द हिंसात्मक बन्ने सम्भाबना

२०७३ कार्तिक २५ गते, बिहीबार

काठमाडाैँ , २५ कात्तिक । नेकपा (माअाेवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्द नजिकिदै गर्दा प्रहरीले धमाधम माअाेवादीका नेता-कार्यकर्ता पक्राउ गर्न थालेकाे छ । प्रहरीले माअाेवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य तथा काठमाडाैँ उपाध्यक्ष रवि गोले र पार्टीका जिल्ला सदस्य नविन बिष्टलाई आज विहान काठमाडाैँकाे तिनकुनेबाट गिरफ्तार गरेकाे छ । यसैगरी , प्रहरीले भक्तपुर , ललितपुर , चितवन , पोखरा , गुल्मी , मकवानपुर , झापालगायतका जिल्लाहरुवाट माअाेवादीको दर्जनौ नेता-कार्यकर्ताहरु पक्राउ गरेको बुझिएको छ ।
यसरी बाटोमा हिडिरहेका आफ्नो निर्दोष नेता तथा कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरेपछि माअाेवादी आक्रोशित भएको बताइएको छ । सरकारको यस्तो दमनकारी रबैयाले कात्तिक २८ गतेको नेपाल बन्द हिंसात्मक बन्ने सम्भाबना प्रबल देखिन्छ ।
यसैबीच, माओवादीले आज विहान ९ बजे देखी १० बजेसम्म देशब्यापी रुपमा चक्काजाम गरेको छ । पार्टी केन्दीय समितिको निर्णय अनुसार चक्काजाम गर्ने क्रममा मोरङ जिल्ला सेक्रेटरी पुस्कर श्रेष्ठ , ब्यूरो सदस्य जितेन्द्र महरा ,धर्मेन्द्र दास कर्ण, बालाराम कामद, डिल्ली नेपाली ,कुमार खतिवडा ,दिपक राई, नवराज नेपाल ,गणेश निरौला, बिष्णु चौधरी, कमल नेपाल, वाशुदेश चौधरी, मनिस शाह, दुखी पासवान गरी १्५ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेको माओवादीले बताएको छ । त्यस्तै उदयपुरमा जिल्ला सेक्रेटरी केदार राई सहित १० जना पक्राउ परेका छन् भने त्यस्तै झापाबाट प्राप्त समाचार अनुसार विद्यार्थी नेता सुमन सिंह पौडेल , नविन अधिकारी, पुष्प अधिकारी, र लिला बजगाँई सहितका नेता–कार्यकर्ताहरुलाई प्रहरले गिरफ्तार गरेको माओवदीले बताएको छ ।
यसैगरी ,विराटनगरबाट रिता पासवान, केवी चौलागाई, ताराविर सहित ५जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । त्यस्तै पुष्पलपूर धनुषाबाट लालु यादव र महेन्द्र मण्डल पक्राउ परेका छन् । त्यसैगरी धनकुटामा सानदार रुपमा चक्काजाम सफल भएका सो जिल्ला सेक्रेटरी आकाश शर्माले बताएका छन् । त्यस्तै काठमाडौं तीनकुनेबाट युवा उपाध्यक्ष रवी गोले, काठमाडौं जिल्ला सदस्य नविन विष्ट र कृष्ण कुमार रहेका छन् भने भक्तपुर जिल्लाबाट बुद्धी पुन लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]