माओबादीका दर्जनौ नेता कार्यकर्ता गिरफ्तार

२०७३ कार्तिक २८ गते, आईतवार

काठमाडाैँ, २८ कात्तिक । नेकपा (माअाेवादी)ले अायाेजना गरेकाे नेपाल बन्द शान्तिपूर्ण भइरहेकाे बेला प्रहरीले नेकपा (माओबादी)का दर्जनौ नेता कार्यकर्ता गिरफ्तार गरेको छ । खद्यवस्तुमा ५० प्रतिशत मूल्य घटाउने पर्ने भन्दै प्रदर्शनमा उत्रेका माओबादीका सयौ नेता कार्यकर्तालाई प्रहरीले काठमाडौको कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट गिरफ्तार गरेको हो । काठमाडौंकाे रत्नपार्कबाट माअाेवादीमा पिविएम अाेम प्रकाश पुनसहित मनु अछामि , पुर्ण श्रेष्ठ ,नराैतम पाण्डे , उद्दव पाैडेल, यमलाल लामिछाने ,रामचन्द्र काफ्ले,निमा सेर्पा,शुसिल बलामपाकि,ज्ञान बहादुर खड्का ,प्रमेश्वर जाेशि,नकुल चाैलागाई र गणेश बस्नेतलाई गिरफ्तारगरि बिशाल नगर जनसेवा प्रहरी वृत्तमा राखेको छ भने अखिल क्रान्तिकारीका अध्यक्ष सिंह,अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने, उपत्यका समन्वय समितिका संयाेजक लाेकेश विश्वकर्मासहित १७ विद्यार्थी नेता-कार्यकर्तालाई गिरफ्तार गरि कालिमाटी प्रहरी वृतमा राखेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]