क्रान्तिकारीबीचको धुर्विकरण कार्यक्रम सम्पन्न

काठमाडाैँ, ३० कात्तिक । नेकपा(माओवादी) जिल्ला संगठन झापाको आयोजनामा झापाको विर्तामोडमा जिल्लामा रहेका क्रान्तिकारीहरुको धुर्विकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता झापाका सेक्रेटरी तारा थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मी याख्खाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि स्थायी समिति सदस्य असारे काका,विशेष अतिथि पि.बि.यम.तथा कोशी ब्यूरो इन्चार्ज पदम राई र अतिथिहरु पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इन्चार्ज राजेन्द्र कार्की ‘नवीन’,अ.ने.म.संघ(क्रान्तिकारी)को केन्द्रीय सचिव .चेतना, विद्रोही, दर्शन,मेची ब्यूरो कार्यालय सदस्य सुमन रहेका थिए ।
प्रमुख अतिथि असारे काकाले अबको एकीकृत जनक्रान्तिमा हिजोको जस्तो मात्र नभईकन सम्पूर्ण मध्यवर्गलाई पनि सहभागी बनाउदै नयाँ बिज्ञान प्रविधिलाई पनि क्रान्तिमा समावेश गर्दै गाउँ र सहरमा एकीकृत रुपमा संचालन हुने बताए ।
विशेष अतिथि पदम राईले कम्युनिस्ट क्याम्पमा रहेका हामी कमरेडहरु विभिन्न टुट्फुट झेल्नुपरे पनि झेल्न तयार हुने तर गैर कम्युनिस्ट क्याम्पमा कहिल्यै जान नसक्ने धारणा राखे । स्लामद्वारा ‘संघर्षमै जीवनको कथा लेखिने भो..सर्वहारा क्रान्तिकारी युद्ध छेडिने भो’ बोलको क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।
नेकपा(माओवादी) जिल्ला संगठन झापाको आयोजनामा भएको धुर्विकरणमा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार डिल्ली कुमार मैनाली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य लिला लावती , संयुक्त राष्ट्रिय जनपरिषद नेपालका केन्द्रीय सदस्य स्लाम, माओवादी केन्द्रका जिल्ला सदस्य मेगराज अधिकारी, माओवादी केन्द्रका जिल्ला सदस्य राज राजवंशी , क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला सदस्य ब्रमाण्ड , वीर ब.सुब्बा , रमेश पौडेल, प्रेम ढकाल , तारा नेपाल , कुमार गिरी , भक्त संकर लगायतको सहभागिता रहेको थियो ।