‘कांग्रेस र एमाले जनतालाई अहित हुने बाटोमा ‘

२०७३ मंसिर १ गते, बुधबार

काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी)का महासचिव विप्लवले एक समारोहका बिच अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन । सम्मेलन उद्घाटनका क्रममा महासचिव विप्लवले मैनबत्ती बाल्दै गर्दा कवि शोभा दुलालले कविता वाचन र ललितकलाकर्मीले चित्रकलाको प्रदर्शन गरेका थिए ।
सम्मेलनको उद्घाटन गर्दै महासचिव विप्लबले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विपक्षी नेकपा एमालेसमेत जनतालाई अहित हुने बाटोमा अघि बढेको ठोकुवा गरे । उनले ठूला भनिने सबै दलले जनतालाई धोका दिएको बताए । उनले कम्युनिष्ट आन्दोलनमा आएको विचलन रोक्नुपर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिँदै अन्यथा जनताले नै सजाय दिने प्रस्ट्याए ।

प्रतिक्रियाहरु

[anycomment]