‘अपराधीलाई कुनै हालतमा छोड्दैनौ ‘

२०७३ मंसिर ८ गते, बुधबार

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी ) माइला लामाविरुद्ध भयानक षड्यन्त्र भएको भन्दै निकै आक्रोशित भएको बुझिएको छ । माओवादी जनयुद्धका घाइते योद्धा तथा आफ्नो पाटीका केन्द्रीय सदस्य एवम् जनवादी साङ्गीतिक क्षेत्रका अविराम अभियन्ता माइला लामाबारे अत्यन्त भ्रामक, दुराग्रहपूर्ण, कपोलकल्पित समाचार छापेर एक अनलाइनले हददर्जाको पीतपत्रकारिता गरेको भन्दै आक्रोशित भएको बुझिएको छ । यस बिषयलाई माओवादीले माइला लामाप्रति भयानक षड्यन्त्र मात्र नभएर आफ्नो पार्टीविरुद्ध रहेको समाचारका रुपमा लिएको छ । काठमाडौं जिल्लाका इन्चार्ज तथा सेक्रटरीसमेत रहेका माइला लामालाई बदनाम गर्ने र अपराधकर्ममा जो जो सहभागी भएका छन्, ती सबैलाई निकै मङ्गो पर्नेछ भन्दै माओवादीकिट सांस्कृतिक मोर्चाका नेताहरू यसमा कस–कसको हात रहेको छ भन्दै आन्तरिक छानबिनमा समेत लागेको स्रोतले बताएको छ ।
यसबारे अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियासित सम्पर्क गर्दा उनले यो माइला लामामाथि मात्र आक्रमण नभई सिङ्गो पार्टीमाथिको आक्रमण भएको बताए । माइला लामा पार्टीका केन्द्रीय समितिका सदस्यमात्र नभएर सांस्कृतिक आन्दोलनका आदरणीय नेता पनि हुनुहुन्छ । हामीलाई यो प्रकरणले निकै गम्भीर बनाएको छ । यस्ता गलत प्रचार गर्ने अपराधीमाथि कारबाहीको कुनै विकल्प छैन । हामी त्यस्ता अपराधीलाई छोड्दैनांै , थपलियाले भने ।

प्रतिक्रियाहरु

[anycomment]