‘कमिसन’ खान लोडसेडिङ गर्नेहरुको निद हराम

काठमाडौँ, २६ मंसिर । दशैं–तिहारसम्म लोडसेडिङ नगर्ने भनेको विद्युत प्राधिकरणले अहिलेसम्म लोडसेडिङको तालिका सार्वजनिक गरेको छैन । अहिले खान पकाउन, मोबाइल चार्ज गर्न, पानी तताउन, घर कार्यालयमा कम्प्युटरलगायतका बत्तीबाट चल्ने वस्तुहरु चलाउन लोडसेडिङको तालिका हेर्नुपर्ने बाध्यता काठमाडौँ उपत्यकाबासीलाई छैन । तर, कहिलेसम्म ? यसको उत्तर बाँकी छ । आखिर कसरी भयो, रातारात यति ठूलो परिवर्तन ? यो अहिलेको चर्चा र बहसको विषय बनेको छ । यसमा दाबी फरक–फरक छन् । नेपाल विद्युत प्राधिकरणको यसअघिका नेतृत्व र त्यहाँ कार्यरत नेपाली काँग्रेस र एमाले निकट कर्मचारीहरुले कुलेखानी चलाएको, डिजल प्लान्ट चलाएको र उद्योगलाई बत्ती काटेर लोडसेडिङ कम भएको दाबी गर्दै आएका छन् । उनीहरुले दैनिक एकदेखि दुई घण्टासम्म लोडसेडिङ अहिले पनि भइरहेको तर ठूलो लोडसेडिङको मार खेपेका नागरिकले त्यसलाई कुनै महसुस नभएको उनीहरुको तर्क छ । उनीहरुले पुष पहिलो साताबाट लोडसेडिङ हुने दाबी गरेका छन् ।
ऊर्जामन्त्री प्रभाकरले कुलेखानी नचलाएको भन्दै पौडी खेल्न चुनौती दिँदै आएका छन् । उनले प्राधिकरणभित्रै परेको प्वाल टालेकाले लोडसेडिङ हटेको सार्वजनिक रुपमा भन्दै आएका छन् । तर, त्यो प्वालबाट बत्ती कहाँ जान्थ्यो भनेको छैनन् । मन्त्री प्रभाकरले आपूmले लोडसेडिङ अन्त्य गर्ने अभियानमा सहयोग गर्न कर्मचारीदेखि सर्वसाधारणसँग आग्रह गरेका छन् । आफ्नो अभियानमा अवरोध गर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी समेत दिँदै आएका छन् । ऊर्जा मन्त्रालयमा प्रभाकरको पहिलो पाइला भए पनि कुलमानको भने नयाँ होइन । इमानदार कर्मचारीको परिचय बनाएका कुलमान घिसिङले कुशल व्यवस्थापन भएकै कारण लोडसेडिङ कम भएको बताउँदै आएका छन् । घिसिङले सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङको मार भोग्दा पनि लोडसेडिङ घटाउन सकिन्छ कहिलै भनेका थिएनन् । यसमा उनको तर्क फरक छ । आपूm त्यतिबेला अहिलको ठाउँमा नभएको र तत्कालिन नेतृत्वका मातहतमा बसेरभन्दा उल्टै आपूmलाई मूर्ख बनाउने हुनाले नभनेको बताउँदै आएका छन् । सर्वसाधारणबीच जस्तै अहिले प्राधिकरणभित्र पनि विगतको लोडसेडिङलाई लिएर निकै चर्चा पनि हुने गरेको छ । बहस र चर्चाको पहिलो शीर्षक ‘कमिसन’लाई बनाइएको हुन्छ । यसअघिको नेतृत्वले ‘कमिसन’को लोभमा लोडसेडिङ गर्ने गरेको केही कर्मचारीहरुले नै बताउन थालेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नै तत्कालिन प्राधिकरण नेतृत्वले जेनेरेटर, ब्याट्री सप्लाई गर्ने कम्पनी, तारे होटल र केही मैनबत्तीदेखि ठूला उद्योगबाट ‘कमिसन’ खाएर सर्वसाधारणलाई बत्ती नदिएको आपूm निकटका व्यक्तिसँग बताएको स्रोतले बताएको छ । उनले आपूmलाई पहिले जानकारी भए पनि त्यतिबेलाको सेटिङ हेर्दा भनेर पनि सम्भव नभएकाले नभनेको उनले बताएको स्रोत बताउँछ । घिसिङले ‘सर्वसाधारणलाई बत्ती काटेर आएको कमिसनबाट महल बनाउनेहरु अहिले पानीबिनाका माछा भएका छन् । कुलमानले सर्वसारधाणलाई काटेर बत्ती बाल्नेहरुको नाम सार्वजनिक गर्नेसमेत बताएको स्रोत बताउँछ । उता नेपाली काँग्रेस, एमाले निकट प्राधिकरण कर्मचारीहरु सर्वसाधारणलाई नदिएर कुन उद्योगलाई बत्ती दिइएको थियो, सार्वजनिक भए आपूmहरु नै कारवाही गर्न जाने बताउँछन् । अहिलेको नेतृत्व ऐन, नियमभन्दा बाहिर गएको र सम्भवै नभएको कुरा गरेर भ्रम दिइरहेको बताउने गरेका छन् । – क्षेप्यास्त्र साप्ताहिकवाट