‘दलाल पूंजीवादी व्यबस्था शैक्षिक संकटको मुख्य कारक ‘

२०७३ मंसिर २८ गते, मंगलवार

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी) का महासचिव ‘विप्लव’ले शिक्षा क्षेत्रमा दलालीकरण र माफियाकरण बिद्यमान रहेसम्म जनताका छाेराछाेरीकाे पहुँचमा शिक्षा पुग्न नसक्ने बताएका छन् । अखिल (क्रान्तिकारी) काे ‘विश्वविद्यालय अभियान २०७३’ को उद्घाटन गर्ने क्रममा दलाल पूंजीवादी व्यबस्था नै शैक्षिक संकटको मुख्य कारण रहेको महासचिब विप्लवले बताएका छन् ।
विद्यार्थी नेताहरुलाई महासचिब विप्लवले शिक्षा क्षेत्रभित्र मौलाएको विसंगति र विकृतिका बिरुद्ध सशक्त रुपमा लड्न निर्देशन दिएका छन् । ‘स्ववियुमा अखिल (क्रान्तिकारी) ले बिजय हासिल गरे मात्र आम बिद्यार्थीको सेवा हुन्छ । हाम्रा सबै क्षमताहरुले राष्ट्रको हित र जनताको सेवा गर्नु पर्दछ । अन्यथा लुटपाटको रक्षा कवच मात्र बन्ने छ । ‘विश्वविद्यालय अभियान’ फाल्गुन १५ गते सम्म संचालन हुने अखिल (क्रान्तिकारी) स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]