माअाेवादीद्वारा महाधिवेशन हल निर्माण सुरु

काठमाडौं, २८ मंसिर । नेकपा (माअाेवादी) ले महाधिवेशन हल निर्माण सुरु गरेको छ । उसले जनयुद्धको उदगम थलो रोल्पाको थबाङमा १ करोड लगानीको सहिद स्मृति भवनको उद्घाटन गरेकाे छ । अागामी फागुन १ बाट सुरु हुन लागेकाे अाठाैँ महाधिवेशनकाे बन्दसत्र बस्ने मिल्ने गरी एक कराेडभन्दा बढी लगानीमा सहिद स्मृति भवनकाे निर्माण सुरु गरेकाे छ । करिब १५ सय जना अट्ने उक्त भवन निर्माण गर्न एक कराेड चार लाख लागत लाग्ने बताइएकाे छ ।
माअाेवादी स्थायी समिति सदस्य तथा जनपरिषद् प्रमुख सन्ताेष बुढाले भवनकाे निर्माणकाे उद्घाटन गरेका छन् । उद्घाटन गर्दै बुढाले अबकाे क्रन्तिमा ध्वस्त र निर्माणसँगै हुने बताए ।
‘ध्वंस्त र निर्माणकाे द्वन्दात्मक सम्बन्ध हुन्छ । हामीले त्यसलाई जनयुद्वको क्रममा व्यवस्थित गर्न सकेका थिएनाैँ । अबको एकीकृत जनक्रातिको कार्यदिशाले निर्माणको कार्यलाई पनि वैज्ञानिक ढंगले अगाडि बढाउछ’ बुढाले भने । भवनलाई साझा सम्पतिकाे रुपमा बनाउन खाेजेकाे उनले बताए । काठमाडाैँकाे खुला मंचमा उद्घाटन हुने महाधिवेशनकाे बन्दसत्र थवाङमा गर्ने माअाेवादीले निर्णय गरिसकेकाे छ ।