जिल्ला प्रशासनमा ५ नम्बर प्रदेशको बोर्ड

२०७३ पुष ३ गते, आईतवार

काठमाडौं, ३ पुस । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय गुल्मीमा ५ नम्बर प्रदेशको साइनबोर्ड टांगेको छ । १९ दिनदेखिको बन्दले जनजीवन कस्टकर बनेको छ । सबै सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ । आन्दोलन र प्रदर्शनले निकास निस्कन नसकेको भन्दै सर्वसाधारणहरुले भने बन्दको विकल्प खोज्न संघर्ष समितिलाई आग्रह गर्न थालेका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले सदरमुकाम तम्घासमा दिनहुँ फरक–फरक प्रकृतिका कार्यक्रम गरेर विरोध प्रर्दशन गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]