प्रचण्ड छोड़ी विप्लवतिर

२०७३ पुष ३ गते, आईतवार

काठमाडौँ, ३ पुस । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)त्रि–चन्द्र एकाइ प्रदेश नं. ६ का संयोजक अनिल के.सी. नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै भनेका छन् ‘ म विगत दुई बर्ष देखि माओवादी केन्द्र निकट भातृसंगठन अखिल (क्रान्तिकारी)मा आवद्ध थिए । तर माओवादी केन्द्रले आफ्नो विचार र सिद्धान्तबाट विचलित, भ्रष्ट र राष्ट्रघाती काम कारवाही गर्दै आएको थिए । तसर्थ म सो संगठनको सम्पुण जिम्मेवारी त्याग गरी ने.क.पा. (माओवादी) निकट अखिल (क्रान्तिबकारी)मा प्रवेश गरेको कुरा स–गौरवका साथ सबै विद्यार्थीहरु र कमरेडहरुलाई जानकारी गराउदै सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थीहरुलाई एक भइ ने.क.पा. (माओवादी) निकट अखिल (क्रान्तिकारी) मा गोेलबन्द हुन आव्हान गर्दछु ।’

प्रतिक्रियाहरु

[anycomment]