आयल निगम घेराउ गरिदै

२०७३ पुष ४ गते, सोमबार

काठमाडौं , ४ पुस । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गर्ने भएको छ । कालाेबाजारी र चुहावट नियन्त्रण गरी जनतालाई राहत दिनुकाे साटाे व्ययापारी कम्पनी झै निगमले नाफाको लागि मूल्य बृद्धि गरेकाले अखिल क्रान्तिकारीले निगम घेराउ गर्ने भएको हो । अखिल क्रान्तिकारी र राष्ट्रिय युवा जनस्वयमसेवकको अगुवाईमा दिउँसो ३ बजे घेराउ हुन लागेको हो ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा,डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० पैसा बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलमा १०१ रुपैयाँ ५० पैसा डेजेल र मट्टितेलको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]