पेट्राेलियम पदार्थकाे मुल्यबृद्धि विरुद्ध उपत्यका बन्द

काठमाडौं, ६ पुस । नेकपा (माअाेवादी)ले भोली उपत्यका बन्दको घोषणा गरेको छ । सरकारले पेट्राेलियम पदार्थमा गरेको चर्को मूल्य बृद्धिविरुद्ध भोली उपत्यका बन्द गर्न लागेको माअाेवादीले बताएको छ । यसैबीच माअाेवादी निकट भातृ संगठन विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । अखिल क्रान्तिकारी,राष्ट्रिय युवा जनस्वयसेवक, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै पेट्राेलियम पदार्थकाे बृद्धि गरिएकाे मूल्य फिर्ताकाे माग गर्दै पुस ७ गते उपत्यका बन्दकाे घाेषणा गरेका छन् । यस बिषयमा माअाेवादी निकट अखिल क्रान्तिकारी,राष्ट्रिय युवा जनस्वयसेवक, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियनले जारी गरेको संयुक्त विज्ञप्ति यस प्रकार रहेको छ –