माओवादीद्वारा लोकमानसिंहलाई अदालत भित्रै कालोमोसो

काठमाडौं, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलिएको छ । आफूविरुद्धको मुद्दामा बयानको लागि सर्वोच्च अदालत पुगेका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट दुइजनाले कालोमोसो दलेका थिए । मोसो दलेपछि उनीहरुले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नारा लगाएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।