‘प्रचण्ड बाबुराम कुहिएका सुन्तला’

२०७३ पुष ११ गते, सोमबार

काठमाण्डौ ,११ पुस । ईतिहासविद् डा. सुरेन्द्र केसीले प्रचण्ड र बाबुराम बोटबाट भुईमा झरेर कुईएको सुन्तला जस्तै औचित्यहिन बनेको टिप्पणी गरेका छन । नेकपा ( माओवादी)को अन्तराष्ट्रिय विभागले आज राजधानीको पज्ञा भवनमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा केसीले सो कुरा बताएका हुन । उनले समाजबाद र साम्यवादका लागी नेपाली माटोमा क्रान्ति थाल्नु सरहानीय भएपनि त्यसको उपलब्धीलाई बेचेर खाएको जिकिर गरे । उनले क्रान्ति थालेपछि भारतीय भूमिमा भएका उठबस , शान्तिप्रक्रियासँगै सत्तामा आएपछि भारत सँग गरिएका राष्ट्रिघाती सन्धि सम्झौता , चीनलाई गरिएको उपेक्षा जस्ता कारणले पनि प्रचण्ड कम्युनिष्ट र राष्ट्रिवादी चरित्रबाट बाहिरिएको ठोकुवा गरे । अहिले प्रचण्डले राष्ट्रियताको मुखुन्डो मात्रै लगाएर जनतालाई फेरी झुक्याउन खोजेको उनको आरोप छ । डा. केसीले विगतमा बाबुरामसँग भेट हुदा आफुले कम्युनिष्ट आन्दोलन सम्बन्धी लेखेका पुस्तकलाई सन्दर्भ सामग्रिको रुपमा प्रयोग गर्ने गरेको उल्लेख गर्दै अहिले बाबुराम कम्युनिष्ट विचारधाराबाट नै पतन भईसकेको चर्चा गरे ।

प्रतिक्रियाहरु

[anycomment]