माओवादीद्धारा जानकारबाही तीब्र , सहायक वन अधिकृत र शिक्षकलाई कालोमोसो

काठमाण्डौ ,११ पुस । नेकपा (माओवादी) कैलालीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै ईलाका वन कार्यलय अत्तरियाका सहायक वन अधिकृत कृष्ण बहादुर बोहरालाई कालोमोसो सहित जनकारवाहि गरेको जनाएको छ । पटक पटक सुध्रिन चेतावनि दिदा पनि नसुध्रिए पछि चेतावनि स्वरूप जनकारवाहि गरेको माओवादीले जनाएको छ । बोहराले सरकारि जग्गा अतिक्रमण गर्नेहरूसंग साॅठगाॅठ गरि पैसा असुल्ने गरेको । प्रतिभा सामुदायिक पुस्तकालय बाट रकम लिई पछि फिर्ता गरेको ।अवैधानिक तवरबाट काठ संकलन गरि घरमा लुकाएर राखेको । वन विभागमा आर्थिक चलखेल गरि सरूवा भएको ठाउमा नगएको ।विभिन्न सामुदायिक वनबाट काठ र पैसा असुल्ने गरेको आरोप विप्लव माओवादी ले जनाएको छ ।भ्रष्टाचारिलाई कार्वाहि गर्ने आफ्नो पार्टीको निति अनुसार जनकार्वाहि गरिएको नसच्चिए अझ ठुलो कार्वाहि गर्ने समेत माओवादीले चेतावनि दिएको छ ।जिल्लाका भ्रष्टाचारि,दलाल,गैह्रकानुनि काममा संलग्नहरूको सुचि बनाएको माओवादीले अन्य क्षेत्रका माफियाहरूलाई पनि निशाना बनाएको बुझिएको छ ।
यसैगरी , माओवादीका कार्यकर्ताले धादिङको कुम्पुर गाविसमा रहेको वाघबच्छला माविका शिक्षक गणेश श्रेष्ठलाई कालो मोसो दालेका छन् । परिक्षा चलि रहेको वेला सवा १ बजे एक्कासी केहि विद्यार्थी भित्र पसे र शिक्षक श्रेष्ठमाथि कालो मोसो दले एक प्रत्यक्षदर्शि शिक्षकले बताए । केहि समय पहिला जवरजस्ती करणीमा प्रहरी हिरासद वसेको शिक्षक श्रेष्ठलाई राजनीतिक आस्थाका कारण प्रशासनले कार्वाही नगरिएको वताउदै विप्लव निकट अनेरा स्ववियु (क्रािन्तकारी) धादिङले विद्यार्थीहरुले कालो मोसोदलेका जिल्ला अध्यक्ष बद्री अधिकारीले बताए ।
समाजले कलंकित ठहर्याएको श्रेष्ठलाई कसरी शिक्षक मान्ने, हाम्रो संगठन गुणस्तर शिक्षाका लागि लड्दै आएको छ यहि जवरजस्ती करणी गर्ने व्यक्तिले कस्तो शिक्षा देलान् कालोमोसो श्रेष्ठलाई मात्र हैन यस्ता नरपिचास शैक्षिक क्षेत्रका माफियाहरुलाई समेत लगाईन्छ अध्यक्ष अधिकारीले बताए ।