नेपाल चीनको सँयुक्त सैन्य अभ्यासबाट भारत चिन्तित

काठमाडौं, १२ पुस । नेपाल र चीनबीच सन् २०१७ को शुरुमा हुने भनिएको सुयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको छ । आज प्रकाशित टाईम्स अफ् ईन्डियाले केपी ओलीलाई हटाएर प्रचण्डले सत्ता लिए पछि भारतसगँको सम्बन्ध पुनस्थापित भईरहेका बेला यो अभ्यास हुन लागेको भन्दै खबर लेखेको छ ।
साथै केही समय पहिले भारतीय सेना प्रमुख दलबीर सिंह सुहागको नेपाल भ्रमण पछि यो अभ्यास तय भएको भन्दै भारतीय रक्षा अधिकारीहरुले चिन्ता जनाएका छन् ।
अखबारले भारतले गिलगित क्षेत्रमा भारतलाई चीनीया उपस्थिति जाच गर्न कठिन भईरहेका बेला यो काठमाण्डौंद्धारा प्रस्तावित अभ्यासले सम्बन्धमा तनाव पैदा गर्न सक्ने चेतावनी दिएको छ ।
यद्यपि, भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले यो अभ्यास सानो स्तरमा गर्न लागिएको र यस्तो अभ्यास अरु देशसगँ विगतमा पनि भएको भन्दै यसले भारतसगँको नेपाल सम्बन्धमा असर नगर्ने टाईम्स अफ् ईन्डियालाई बताएका छन् । नेपालको सैन्य अभ्यासको निर्णयले भारतको नेपाल तथा चीनसगँको सम्बन्धको स्तरमा एउटा जटिलता थपिन सक्छ पत्रिकाले लेखेको छ । भारतीय विदेश मन्त्रालयले नेपालसग भारतको रक्षा सम्बन्ध, सैन्य शिक्षा आदान प्रदान, सयुक्त अभ्यास, सैन्य सामाग्री आपुर्ति जस्ता विषयमा सम्झौता रहेको भन्दै घुमाउरो रुपमा बेईजिग काठमाण्डौं सैन्य सम्बन्ध बिस्तारको सभावनालाई चेतावनी दिएको छ ।
यद्यपि भारत र नेपालबीच एक दशकदेखि यस्तै प्रकारको अभ्यास हुदै आएको छ । विदेश मन्त्रालयले ३२ हजार नेपाली भारतीय सेनामा कार्यरत रहेको र एक लाख २० हजार भन्दा धेरै नेपालीले भारतबाट पेन्सन खाईरहेको जस्ता सन्दर्भ समेत सार्वजनिक गरेर नेपाललाई चेतावनी दिने प्रयास गरेको छ । यता भारतीय सैन्य अधिकारीहरुले चीन नेपालबीच हुने सैन्य अभ्यासले भारतलाई कुनै पनि हालतमा सहयोग नपुग्ने बताएका छन् । यसै गरी हिन्दी अखबार नवभारत टाईम्सले पनि सोही प्रकृतिको समाचार छापेको छ हेर्नुस् ः
नेपाललाई प्रयोग गर्ने भारतको चाहना वास्तविक र संभव छैनः चीन
यसैबीच चीनीया विज्ञहरुले भारतले जहिले पनि नेपाललाई आफ्नो ब्याकयार्डको रुपमा प्रयोग गर्न खोजेको तर यो वास्तविक हुन नसक्ने र संभव पनि नरहेको टिप्पणी गरेका छन् । सोमबार प्रकाशित ग्लोवल टाईम्सको एउटा लेख मार्फत एक विज्ञले भारतले चीन नेपाल सम्बन्धलाई जहिले पनि प्रभावित पार्न खोजिएको भन्दै विरोध जनाईएको छ । नेपाल र चीनबीच प्रतिकार नाममा हुने सैन्य अभ्यास भएमा त्यसले चीन नेपाल सम्बन्धलाई प्रगाढ बनाउन मद्धत पुर्याउने अपेक्षा गरिएको छ ।