माअाेवादीकाे शान्तिपुर अधिवेशन सम्पन्न

२०७३ पुष १२ गते, मंगलवार

काठमाडौं , १२ पुस । नेकपा ( माअाेवादी)गुल्मी जिल्लाको शान्तिपुर अधिवेशन सम्पन्न भएकाे छ । गुल्मी जिल्लाको दाेस्राे वजारकाे रुपमा परिचित शान्तिपुर गाविसकाे अधिवेशन सम्पन्न भएकाे नेकपा(माअाेवादी)का जिल्ला प्रमुख बिष्णु पंन्तले बताएका छन् । भेलाले अमृत थापाकाे नेतृत्वमा १५ सदस्यीय गाविस कमिटी घाेषणा भएको जानकारी दिएका छन् । सहसेक्रेटरीमा रमेश बस्याललाई चयन गरिएकाे छ । अधिवेशन उद्घाटन गर्दै जिल्ला प्रमुख पंन्तले अबको नेपालकाे राष्ट्रिय समस्याको समाधान र नेतृत्व नेकपा(माअाेवादी)का महासचिव विप्लवले लिएकाे एकीकृत जनक्रान्तिकाे कार्यदिशाले हल गर्ने बताएका छन् । अब नेपाल र नेपाली जनताकाे निम्ति तयारी सहितकाे अन्तिम विजयकाे राष्ट्रिय मुक्ति युद्ध लड्ने बताए । केही माअाेवादीहरु बिग्रे पनि हामी माअाेवादीहरु बिग्रेका छैनौं उनले भने ।
साेहि कार्यक्रममा बिशेष अतिथिको रुपमा अामन्त्रित जिल्ला कार्यलय सदस्य , एक नम्बर क्षेत्रिय ईन्चार्ज तथा जिल्ला जनसरकार प्रमुख गाेविन्द बहादुर विक “अाकाश” ले अाफुहरुले गुल्मीमा प्रतिक्रियावादी दलाल सँसदीय सत्ताका विरुद्ध माअाेवादी समान्तर सत्ता घाेषणा गरेका छाैं अब हामी उक्त सत्ता मार्फत अाम उत्पिडित वर्गकाे न्यायकाे निपस्क्ष फैसला गर्दै जानेछाैं । यदि त्याे फैसलालाई कार्यवन्यन नगरी अटेर गरिए जस्तो सुकै कार्वाही गर्न बाध्य हुनेछौं । म यहीँ अधिवेशनको दाैरानमा उद्घाेष गर्न चाहान्छु- हामी अाम उत्पिडित जनताहरुको निम्ति लड्ने व्यक्ति हाैं । जनताहरुलाई जसले दुख दिन्छ , धाेका दिन्छ र नेपाली स्वाभिमानमा अाँच अाउने काम जाे जसले गर्छ कसैलाई पनि छाडिन्न । पुर्नरगठन भएकाे जनसत्ता मार्फत न्याय दिने बताएका छन् ।
साे अधिवेशन सम्पन्न भएकाे घाेषणा लगत्तै बसेकाे बैठकले युवामा सन्जु विक, विद्यार्थीमा मुकेश पाैडेललाई जिम्मेवारी दिदै अाउने जिल्ला अधिवेशन र महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि सहभागीहरुकाे पनि नियर्ण गरीएकाे बुझिएकाे छ । अधिवेशनका नवनिर्वाचित शान्तिपुर गाविस सेक्रेटरी अमृतले अाफुहरु हिजाे देखि जनताको बिच मै ईमानदारी पुर्वक लडिरहेका छाैं अझै लडाइँ जित नहुदा सम्म लडिरहने छाैं । पुनःह एक चाेटि लडाइँ लड्न र बलिदान दिन तयार छैां ।
उक्त प्रसंगमा साेधिएकाे एक प्रश्नमा जिल्ला प्रमुख पंन्तले अाँफुहरु जिल्लाका उच्चस्तरीय नेता कार्यकर्ताहरु सहित जिल्ला दाैडाहामा वडा , गाविस , ईलाका , क्षेत्र , नगर हुदै जिल्ला अधिवेशन र महाधिवेशनकाे तयारीमा जुटेका छाैं । केहि दिन अगाडि मात्र ३ नम्बर क्षेत्रमा कार्यलय सदस्य तथा क्षेत्रिय ईन्चार्ज गाेपाल कुँवरकाे विशेष अातित्थ्यमा जैसेथाेक, भनभने, पुर्काेट र यस्तै एक नम्बर क्षेत्रमा जुनिया, तुराङ्ग गाविसहरुकाे अधिवेशन सम्पन्न भएका छन् साँथै उनले जिल्ला अधिवेशन र पार्टीको यहीँ अाँउदाे फागुन १ गते देखि ७ गते सम्मकाे ऐतिहासिक महाधिवेशनलाई सहयाेग गर्न सबैमा अपिल गर्दै साेही अनुसार हाम्रा भेटघाटहरु तिव्र रुपमा गरिरहेकाे जानकारी दिन पनि चाहान्छाैं । साे गाविस अधिवेशनकाे कार्यक्रम संचालन शान्तिपुर गाविस ईन्चार्ज तथा जिल्ला सचिवालय सदस्य मुक्ति गैरेले गरेका थिए । – मुक्ति गैरे

प्रतिक्रियाहरु

[anycomment]