माअाेवादी डडेल्धुराकाे सेक्रेटरीमा अविनास

२०७३ पुष १४ गते, बिहीबार

काठमाडौं, १४ पुस । नेकपा (माअाेवादी) डडेल्धुराकाे दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अविनाशलाई सेक्रेटरीमा चयन गरेकाे छ । हिजो डडेल्धुराकाे अालितालकाे जंगलभित्र सम्पन्न सम्मेलनले अविनाशकाे नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युराे इन्चार्ज शरद सिंह भण्डारीले सम्मेलनका उद्घाटन गर्दै दलाल सत्ताबिरूद्ध संघर्षलाई जिल्लामा पनि घनिभूत पार्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले एकीकृत जनक्रान्तिले मात्र नेपालकाे अामूल परिवर्तन गर्ने भन्दै पार्टीका याेजना र निर्णय कार्यान्वयन गर्दै सम्पूर्ण पार्टी कार्यकर्तालाई महाधिबेशनको तयारीमा लाग्न गर्न निर्देशन समेत दिए । ‘जनयुद्धमा सेती-महाकालीका जनताकाे याेगदानलाई विगतकाे नेतृत्वले धाेका दिएकाे भन्दै अब त्यसाे हुँदैन’ भण्डारीले भने ।
नयाँ जिल्ला कमिटीलाई पार्टीका केन्द्रीय सदस्य प्रतिकले बधाई दिँदै पार्टीका निर्णयलाई कार्यन्वयन जाेड दिए । त्यसैगरी केन्द्रीय जनपरिषद् सदस्य मदन नेपालीलगायतले शुभकामना तथा बधाइ दिएका थिए । सेक्रेटरी प्रतिकले जिल्लामा हुने भ्रष्टाचार,महंगी र कालाेबजारीविरुद्ध अान्दाेलनलाई अगाडि बढाउने बताए ।

प्रतिक्रियाहरु

[anycomment]