चिनद्वारा नेपालसँग सैन्य अभ्यास गर्ने घोषणा

२०७३ पुष १४ गते, बिहीबार

काठमाडौं , १४ पुस । चिनियाँ रक्षा मन्त्रालयकाे प्रवक्ता याङ युजुनले चिनियाँ सेनाले नेपालसँग सैन्य अभ्यास गर्ने घाेषणा गरेका छन । भारतकाे उक्त सैन्य अभ्‍यासलाई राेक्न विभिन्न निकाय र व्यक्तिलाई दबाब दिइरहेकाे बेला चिनियाँ सेनाकाे साे घाेषणा अाएकाे हाे । प्रवक्ता युजुनले आज सन् २०१७ मा चीन र नेपालबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास हुने घाेषणा गरेकाे चिनियाँ सञ्चारमाध्यमहरुले बताएका छन् । याे घाेषणाले हुन्छ वा हुँदैनकाे बीच रहेकाे नेपाल-चीन सैन्य अभ्यास हुने पक्का भएकाे छ । सन् १९५५ मा दाैत्य सम्बन्ध कायम भएकाे चीनसँग पहिलाे पटक सैन्य अभ्यास हुन लागेकाे हाे । नेपाल सेनाले पनि सैन्य अभ्यास हुन लागेकाे बताइसकेकाे छ । जंगी अड्डा स्रोतका अनुसार सैन्य अभ्यास सन् २०१७ को फ्रेबअरीमा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]