शाही र बुढालाई तत्काल रिहा गर्न माग

काठमाडौं , १४ पुस । नेकपा (माओवादी)निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी) निलम्वित अख्तिायार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दली कारवाही गर्ने संगठनका पूर्व दाङ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश शाही र चन्द्र बुढालाई तत्काल रिहाई गर्न माग गरेका छन ।
उनीहरुले आज काठमाडौंमा भ्रष्टाचार र महङ्गीका बिरुद्ध संघर्ष गर्ने क्रममा पक्राउ परेका बिद्यार्थी नेता रिहाईको माग गर्दै प्रर्दशन समेत गरेका छन । पक्राउ परेका दुबै प्रकाश शाही र चन्द्र बुढा अखिल (क्रान्तिकारी) का नेता हुन् । उनीहरुले राज्यले पनि कारवाही गर्न नसकेका महाभ्रष्ट लोकमान सिह कार्कीलाई सर्बोच्चो अदालत परिसरमै जनकारबाही स्वरुप कालोमोसो दलेका थिए । पक्राउ परेपछि दुबैले पार्टीको योजना अनुरुप कार्कीलाई कालोमोसो दलेको बताएका थिए । कार्यक्रमलाई बिद्यार्थी केन्द्रीय सचिब रामबहादुर बिश्वकर्माले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन बिद्यार्थी उपत्यका ईन्चार्ज लोकेश बिश्वकर्माले बताएका छन् ।