‘देश र जनतालाई धोका दिने दलालहरुलाई नछाड्ने उदघोष ‘

२०७३ पुष १६ गते, शनिबार

काठमाडौं, १६ पुस । नेकपा ( माअ‍ोवादी ) महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतले काग्रेस , एमाले र माओवादी केन्द्रलाई मात्र नेपाल र नेपाली ठानेर ३ करोड जनताको भावना विपरीत हस्तक्षेप गरीरहेको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन । नेकपा ( माअ‍ोवादी ) , नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा मशालले संयुक्त रुपमा आयोजन गरेको जलस्रोतमाथिको हस्तक्षेप र स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले नेपाललाई भारतले यहाका दलालहरुमार्फत फसाउने गरेको भन्दै देशलाई र जनतालाई धोका दिने दलालहरुलाई पनि नछाड्ने बताए । उनले भारतलाई ३ करोड नेपाली जनताको भावना अनुसार काम गर्न आग्रह समेत गरे ।
विप्लवले तीन दलले संयुक्त रुपमा अगाडि बढाएको स्वाधीनताको आन्दोलन लैनचौरमा भोज खाएर सिंहदरबारमा डकार्ने दलालवादी प्रवृतीका बिरुद्धको सघर्ष भएको बताएका छन । महासचिव विप्लवले आफुहरुले नेपालबाट जिएमआर भारत फर्कियोस भन्ने चाहेको भन्दै भारतिय हस्तक्षेपकारी नितीको विरुद्धमा क्रान्तिकारी पक्षधर शक्तिहरु एक भएर अगाडि बढेमा तिनिहरुलाई धपाउन सकिने विश्वास ब्यक्त गरे । विप्लवले सत्तामा हुदा देश बेचेर खाने,साम्राज्यवादीहरुको दलाली गर्नेहरुले आफु कमजोर भएकोबेला जनताको भावनासँग खेल्दै राष्ट्रियताको नारा लिने गरेको भन्दै त्यो राष्ट्रघाती प्रवृतीको अन्तय गर्न आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
विगत एउटै पार्टीमा रहदा उनका राजनीतिक गुरु समेत रहेका क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण तर्फ संकेत गर्दै विप्लवले भने–‘लैनचौरमा रात्रि भोज गरेर सिंहदरबारमा डकार्ने राष्ट्रघाती दलालहरु बिरुद्ध फेरी हामीहरु एक ठाउमा उभिएर संर्घष गर्दैछौ, हामीले यो सहकार्य पर सम्म जावस भन्ने चाहेका छौ ।’
उनले माओवादी केन्द्र तर्फ संकेत गर्दै भने–‘आफ्नो कुर्सि र सत्ताको रक्षाकालागि राष्ट्रघात गर्ने दलालहरुले झुटो राजनीतिको खाल ओढेर हाम्रा नदि नाला र प्राकृतिक संम्पदाहरु बिक्रि गरेका छन । उनीहरुमा मालिकको सबै भन्दा प्यारो बन्ने खालको प्रतिश्प्रधा चलेको देखिन्छ । अब हामीले त्यहि प्रवृतिको बिरुद्ध संघर्ष गर्नुपर्दछ ।’
असल छिमेकीले समस्या पर्दा सघाउनु पर्दछ, तर भारतले सुगौली सन्धीदेखी आज सम्म पुग्दा हामीबीच नाफाको गोटी मात्र चालेको देखीन्छ । आन्तरिक फुट पैदा गरेर त्यसमा खेल्दै आफ्नो स्वार्थ पुरागर्ने भारतिय हस्तक्षेपकारी प्रवृतिको सत्ताधारी दलहरु दास जस्ता भएका छन– विप्लवले भने ।
उनले भारतिय लगानिमा नेपालमा संचालित प्रोजेक्टहरुमा नेपाल शसस्त्र प्रहरीले सुरक्षा गरिरहेको विषयमा बोल्दै भने–‘देसमा जनताहरु दिउसै लुटिएका छन, जनता मारिएका छन, जनताले सुरक्षाको अनुभूति गर्न सकेका छैनन, तर हाम्रो सुरक्षा निकाय भारतियहरुको गोटी भएको देखिन्छ । नेपाल प्रहरीसँग हाम्रो प्रश्न छ– तपाईहरुलाई नेपाली जनताको पसिनाबाट उठेको करबाट तलब भत्ता दिइन्छ कि भारतबाट पनि पाइन्छ ?’
कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले नेपालमा जलस्रोतमाथि राष्ट्रहित विपरीतका विदेशी लगानी खारेज गर्नु पर्ने बताए । उनले भारतीय विस्तारबाद र नेपालको दलाल सामन्ति सत्ताले नेपाली जनतामाथि चरम शोषण र लुट मच्चाईरहेको भन्दै यो सत्ता ढाल्नु पर्ने बताए । दलाल सत्ता ढले पछि मात्रै देशमा विकास हुने बैद्यको तर्क थियो ।
यसै गरी जनमोर्चाका सचिव हेमलाल पुरीले जल , जमिन र जंगल भारतलाई बुझाएर देशघात गरेको भन्दै ठूला दलका नेताहरुको आलोचना गरे । यस्तै जलस्रोतविद दिपक ज्ञवालीले भारतलाई नेपालको बिजुली भन्दा पनि पानी चाहिएको दावी गर्दै खानेपानी र जलस्रोतको अभाव रहेकाले भारत पानी कब्जा गर्न लागि परेको बताए । उनले भारतसगँको कुनै पनि जल सम्झौताले नेपालको हित नगरेको भन्दै स्वदेशका लागि चाहिने बिजुली उत्पादन गरीसके पछि आवस्यक पर्ने बिजुली पानी बेच्न सकिने भन्दै नेताहरुको कमजोरीका कारण देशमा समस्या परेको उल्लेख गरे ।
जलस्रोत क्षेत्रका जानकारी रत्न संसार श्रेष्ठले भारतले नेपालमा हस्तक्षेप गरेको भन्दा पनि नेपाली नेताहरुले भारतलाई हस्तक्षेपका लागि निम्त्याएको बताए । जलस्रोत क्षेत्रमा अध्ययन गरीरहेका रतन भण्डारीले भारतले सुगौली सन्धि देखि नै भारतले नेपालको जलस्रोतमा कब्जा गर्न थालेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]