आज बेथान मोर्चाका सहिदहरुको स्मृति दिवस

२०७३ पुष १९ गते, मंगलवार

काठमाडौं, १९ पुस । आज पुस १९ अर्थात बेथान मोर्चाका महान सहिदहरुको स्मृति दिवस । नेपालको कम्युनिस्ट आन्दोलनमा आजको दिनलाई ऐतिहासिक दिनको रुपमा लिइन्छ । यस अवसरमा ने.क.पा.(माओवादी) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले आज काठमाडौंको शान्तिवाटीकामा स्मृती दिवस सभा गर्ने भएको छ । तत्कालीन नेकपा (माओवादी) ले प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस पारौँ ! नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौँ !! भन्ने नाराका साथ शुरु गरेको दिर्घकालीन जनयुद्धमा होमिएकी शाहसिक महिला योद्धा दिलमाया बम्जन वि.स. २०५३ साल पुस १९ गते रामेछाप जिल्लाको बेथान गाउँ विकास समितिको प्रहरी चौकिमा तात्कालीन राज्य सत्तालाई धक्का दिन नेकपा (माओवादी) ले तय गरेको योजना अनुरुप सैन्य मोर्चामा डटेर लड्दा लड्दै सहिद भएकी थिइन । सो मोर्चामा उनि संगै तिर्थ गौतम, फत्तबहादुर स्माली मगरको उच्च सहादत भएको थियो । तात्कालिन समयमा महिलाहरु सामन्तवादी संस्कारले जकडिएको समाजको घेरा भित्र सिमित रहन्थे । चुलो चौको महिलाहरुको प्रमुख बिषय रहने तात्कालीन समयमा दिलमाया बम्जनले क्रम भङ्ग गरेर बर्गीय मुक्ति यात्रामा होमिएकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]