सरकारी जग्गा अतिक्रमण गर्ने माओवादीको निशानामा

२०७३ पुष १९ गते, मंगलवार

काठमाडौँ, १९ पुस । सरकारी जग्गा अतिक्रमण गरी घर बनाएर बस्ने माओवादीको निशानामा परेका छन । यसैक्रममा नेकपा (माओवादी)ले काठमाडौंको कलंकी खसिबजार स्थित एक घरमा डोजर लगाएका छन् । पटक–पटक सम्झाउँदा पनि नमानेपछि माओवादीका कार्यकर्ताले अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको बताइएको छ ।
‘पटक–पटक सम्झाउँदा पनि नमानेपछि हामीले भत्काएका हौँ,’ नेकपा माओवादी काठमाडौँ जिल्ला कार्यलय सदश्य लोकेश विश्वकर्माले घटनाको जिम्मेवारी लिदै भने,‘शासन र सम्पत्तिको दुरुपयोग गर्दै सार्बजनिक जग्गा कब्जा गरेर बनाएको घर बाध्य भएर नेकपा माओवादीले भत्काएको हो ।’ किर्तिपुर नगरपालिका वडा नम्बर एक स्थित जीवन महर्जनले बनाएको घरमा विप्लव माओवादीले डोजर लगाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]