‘जनताको आशा भरोसा भनेको नै माओवादी’

काठमाडौं, २१ पुस । नेकपा माओवादीका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले जनताको आशा भरोसा भनेको नै माओवादीसंग भएको बताएका छन । अन्य राजनितीक दलले जाँड रक्सी खाँदा र धन सम्पत्ति जोडदा वास्ता नगर्ने जनता माओवादीको नाम लिएर कसैले त्यस्तो गतिविधि गरे त्यो कुरा उठाएर माओवादीलाई राम्रो देख्न चाहेको बताएका हुन । जनताको आशा भरोसा माओवादीमा भएको बताएका पुनले एकीकृत जनक्रान्तिमा सबैलाई समेटेर लडाइँ लड्ने कुरा दोहोर्याएका छन । लडाई जित्नलाई लड्नुपर्ने भएकाले कसैले भनेर हैन सबैकुराको अध्ययन गरि अगाडि बढ्ने जनाएका छन । माओवादी सल्यानको पाँचौ जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै सुकुम्वासीका नेता समेत रहेका पुनले संसदवादीहरूले भोट माग्दा सुकुम्वासीलाई लालपुर्जा दिन्छौं भन्ने तर सरकारमा पुगेपछि डोजर लगाएर भत्काउने गरेको देशभरका सुकुम्बासीले भनेको बताएका छन ।
सम्मेलनले लोकपाल केसी सेक्रेटेरी रहेको ४५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ । सम्मेलनले निवर्तमान जिल्ला सेक्रेटेरी डिल्लीराज शर्मा लगायत ८ जना महािधवेशन प्रतिनिधि र २ जना पर्यवेक्षक चयन गरेको छ । मंगलबार पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीले उद्घाटन गरेको सम्मेलन बुधबार राति सकिएको हो । नव निर्वाचित समितिलाई पार्टीका केन्द्रीय सदस्य मोहलाल चन्द, अनेमसंघ क्रान्तिकारी का केन्द्रीय अध्यक्ष बन्धु चन्द, जनगणतान्त्रीक मन्चका केन्दिय सदस्य भिम भारती लगायतले शुभकामना दिएका छन ।-डिल्लीराज