पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवाली बर्खास्त

काठमाडौं, २१ पुस । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । सरकारले ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै उनलाई बर्खास्त गरेको हो । सरकारले हालै ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । उनले बुधबार स्पष्टीकरण बुझाएका थिए ।