सिन्धुलीमा सहिद स्मारक बन्ने

२०७३ पुष २२ गते, शुक्रबार

काठमाडौं, २२ पुस । ने.क.पा.(माओवादी) सिन्धुली जिल्ला समितिले सिन्धुलीमा सुनमति सहिद स्मारक निर्माण गर्ने भएको छ । सो सहिद स्मारक निमार्ण गर्न तयारी स्वरुप ५ सदस्यीय समिति गठन गरिएको छ । तत्कालीन ने.क.पा.(माओवादी)ले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा सहिद भएका सहिदको नाममा सिन्धुली जिल्लाको जरायोटार गाविस वडा नं.९ लंगुरखोलामा सुनमति सहिद स्मारक निर्माण गरिने सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्कीले बताएका छन् ।
सो समितिको संयोजकमा विष्णु बहादुर रम्तेल रहेका छन् । अन्य सदस्यहरुमा श्याम तामाङ्ग, राजन पाण्डे, यम बहादुर क्याप्छापी र कुमार लगायत रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]