अखिल क्रान्तिकारीद्वारा ३ दिने संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं, २२ पुस । नेकपा(माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गएको छ । सर्वोच्च अदालत भित्र लोकमान सिंह कार्कीलाइ कालोमोसो दलेका चन्द्र बुढा र प्रकाश शाहिलाइ पौष ७ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । उनिहरुलाइ सार्वजनिक र अदालतको अवहेलनाको मुद्दा चलाएको छ।क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पुर्णबहादुर सिंहले जारी गरेको बिज्ञप्तीमा ३ दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष बारे अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले देश भित्रका दलाल ,भ्रष्ट , तस्कर र माफियाहरु विरुद्धको संघर्षको सिपाहिलाइ गिरफ्तार गरी मुद्दा लगाउनु अशोभनीय मात्र छैन यो राज्यको नालायकीपन भएको भन्दै यो आन्दोलन घोषणा गरेको बताएका छन ।